धादिङ रुबीभ्याली, बैशाख १६ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका अन्तरगत सेर्तुङमा अज्ञात रोगका कारण कुखरा धमाधम मर्न थालेका छन् ।
रुबीभ्याली ३ सेर्तुङमा अज्ञात रोगका कारण अहिले सम्म २ हजार भन्दा बढी कुखुरा मरि सकेका छन् भने, जंगलमा बस्ने चरा चुरुङगीहरु समेत मरेको भेटिन थालेको छ ।
तिप्लिङबाछ दिलिप घलेले धादिङपोष्टलाई भन्नु भयो- २० दिन जति भयो यस्तो रोग गाउँमा फैलिएको, गाउँमा पालिएको लोकल, बोइलर र कोइलर कुखुराहरु मर्ने महाबारी जस्तै चलेको छ । झुम्म पर्ने, झोक्राउन लक्षण देखिने गरेको छ, यो रोग नियन्त्रणका लागि अहिले सम्म कहिकतैबाट पहल भएको देखिँदैन ।
कतिपय स्थानियहरुले मरेका कुखुराहरु खाने गरेको र कतिपयले फ्याक्ने गरेको समेत घलेले बताउनु भयो ।