धादिङ बैशाख ५ । लिःल फङ घले समाज युएईले नयाँबर्ष धमाका २०७४ लाई सफल बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै धादिङबाट प्रकाशित अनलाइन पत्रिका धादिङपोष्टलाई सम्मान गरेको छ ।
सम्मान पत्रमा भनिएको छ “नेपाली नयाँ बर्ष २०७४ सालको पावन अवसरमा युएईको राजधानी अबुधाबीमा लिःल फङ (घले समाज) युएईले आयोजना गरेको “नयाँ बर्ष सांगीतिक धमाका–धमाका २०७ ४ “कार्यक्रमलाई सफल र भब्य रुपमा सु–सम्पन्न गर्न यहाँले दिनुभएको अतुलनीय योगदानलाई कदर गर्दै लिःल फङ (घले समाज) युएई तपाई धादिङपोष्ट डटकम लाई यो सम्मान पत्र प्रदान गर्दछ ।”
साथै घले समाज युएईका अध्यक्ष नर बहादुर घलेले धादिङपोष्ट डट कम स्वदेश तथा विदेशमा बस्ने धादिङबासी नेपालीहरुको मुटुको ढुकढुकी भएको बताएका थिए ।