धादिङ जिल्लाको स्थानिय तह पूनरसंरचना र पर्यटन सँग जोडिएको पाटोलाई महत्वपूर्ण मान्न सकिन्छ । जनताको भावना र आवश्यकतालाई हेर्ने हो भने धादिङको स्थानिय तह पूनर संरचनालाई केहि कमी कमजोरीका बीच गरिएको उपलब्धीका रुपकमा लिन सकिन्छ ।
जनताकै घर दैलोमा अधिकार भन्ने उद्धेश्यका साथ गरिरएको स्थानिय पूनर संरचनामा कतिपय भेगिए दृष्टकोणले जनतालाई अपायक परेको छ तर समग्रमा जिल्लालाई हेर्ने हो भने अहिलेको, गाउँपालिका र २ नगरपालिकाको नामाकरण वस्तुवादी रहेको छ ।
धादिङका ५ वटा गाउँपालिकाको नामाकरण पर्यटकिय दृष्टिले गरिएको छ । धार्मिक र पर्यटकिय दृष्टिले बर्षौ देखि वकालत गरिदै आएका ती पर्यटकिय स्थलकोबारे अब कसरी विकास गर्न सकिन्छ सबैको चासो हुन जरुरी छ । पर्यटकिय दृष्टिले नामाकरण गरिएका गाउँपालिकाहरु गंगाजमुना, त्रिपूरा सुन्दरी, ज्वालामुखी, सिद्धलेक र रुबीभ्याली वास्तवमा धादिङको सम्भाव्यता बोकेका गाउँपालिका हुन् ।
पर्यटन व्यवसायीहरुका हिसावले धादिङ जिल्ला धनी छ, पर्यटन प्रवद्र्धन गर्ने निकाय देखि व्यावसायी सम्म धादिङको बाहुल्लेता छ, धादिङका पर्यटन व्यवसायीहरुले चर्का भाषण गरेर हूने वाला छैन, कति पर्यटक यी गाउँपालिकामा ल्याए ? पर्यटन विकासमा कति जोड गरे ? स्थानिय गाउँपालिकाले रकर्ड राख्न जरुरी छ ।
अहिले पर्यटनका हिसावले नामाकरण गरिएका गाउँपालिकाले विशेष योजना बनाई पर्यटन प्रवद्र्धन गर्न जरुरी उत्तिकैछ ।
पर्यटनका हिसावले यी गाँउपालिका
गंगाजमुना गाउँपालिका
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका अन्तरगत फुलखर्क स्थित ढाँडखर्कमा अवस्थित गंगाजमुना झरना धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित नाम हो । प्रवद्र्धनको लागि राज्यले ध्यान दिन नसकेको यस ऐतिहासिक महात्व बोकेको यस स्थलमा हरिबोधनी एकादशीको अवसर मेला लाग्ने गर्दछ ।
ढाँडखर्कमा रहेको पहराको टाकुरोबाट बग्ने गंगा र जमुना नामका दुई झरनामा गएर नुहाउने तथा मनले चिताएको पुरा होस् भनेर आर्शिवाद माग्ने प्रचलन रहिआएको छ । सो झरना ३ सय मिटर माथिबाट झरेको छ । गंगा जमुना झरनासँगै रहेको कुकुर धारोमा गएर नुहाउनेहरुको पनि भीड हुने गर्दछ । विशेष गरी वर्षभरी कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि भन्दै कुकुर धारोमा गएर नुहाउने प्रचलन रहेको छ ।
यस मन्दिरमा बली नचढ्ने हुनाले भाकलका लागि पुगेकाहरुले जिउँदो परेवा उडाउने गर्दछन् । यस मेला भर्न धादिङ जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा तनहँु कास्की, काठमाडौंबाट भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । गोलिक हिसावले विकट स्थानमा रहेको गंगाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा लिन सकिन्छ ।
त्रिपुरासुन्दरी गाउँपालिका
त्रिपुराशु्न्दरीको सल्यानकोट र आगिञ्चोकमा २ वटा मन्दीर रहेको छ । नेपाल एकिकरण गर्ने समयमा पृथ्वीनारायण शाहले पनि उक्त मन्दिरमा आशिर्वाद थापेर गएपछि एकिकरण गर्न सहज भएको विश्वास गरीदै आएको छ । यसलाई धार्मिक र पर्यटनका दृष्टि दुबैले हेरिने गरेको छ ।
सिद्धलेक गाउँपालिका
नलाङ र सलाङ को सिमानामा अवस्थित सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ । सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्दछ। त्यसकै साथमा रहेको १,५२५ मि. अग्लो देवा डाँडाबाट हेर्दा धादिङ जिल्लाको सल्यानटार बाहेक ४९ वटा साविकका गा. वि. स. हरु देख्न सकिन्छ भने अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन् ।
रुवीभ्याली गाउँपालिका
पर्यटन व्यवसायीहरू माझ चर्चा र चासोको विषय बनिरहेको धादिङ जिल्लाको गणेश हिमाल क्षेत्रमा रहेको नयाँ पर्यटकीय गन्तव्य रुवीभ्याली क्षेत्रको औपचारिक शुभारम्भको तयारी भैसकेको छ । गणेश हिमाल पर्यटन विकास समितिको अगुवाइमा रुवी भ्यालीलाई नयाँ गन्तव्यको रूपमा शुभारम्भ गर्ने तयारी भएको हो । लापा सेर्तङ र तिप्लिङ मिलेर बनेको ?बीभ्याली गाउँपालिका धादिङको पर्यटनको दृष्टिमा अत्यन्त महत्वपूर्ण मानिन्छ ।
पाल्दोर पीक बेसक्याम्प, पाङसाङ पास, सोमदाङ, तिप्लिङसहित गन्तव्यमा बनाउन सकिन्छ । तिप्लिङ, चालिस तातो पानी, बोराङ, झार्लाङ, सत्यदेवी, धादिङबेंसीसम्मको पर्यटकिय पदयात्रा मार्ग बनाउने योजना बनाउन सक्नु पर्दछ ।
ज्वालामुखी गाउँपालिका
मैदी, खरी, ढोला चैनप’र मिलेर बनेको यस गाउँपलिकामा मैदीकोट, खरीको मैदान, ढोलाको ढोला मण्डली, चैनपूरको ज्वालामूखी जस्ता महत्व बोकेका ठाउँहरु छन्, साँच्चै विकास गर्न नै खोज्ने हो भने बाटो खुलेको छ ।
अन्त्यमा, धादिङका अन्य स्थानहरुपनि छन् । त्रिशुलीको र्याफ्टिङ, बुढीगण्डकी जलासय धादिङका सम्पति हुन । हामीले चाहाने हो, भने आर्थिक समस्या हुँदैन प्लान र सोचको अभाव देखिएको छ मुलुक परिवर्तन त्यति कै हुँदैन, हाम्रो सोच परिवर्तन गर्नु पर्यो, आर्थिक समृद्धि विना विकास सम्भव छैन् । आर्थिक समृद्धिका लागि हामी सँग सिप र क्षेमता नभएको हैन, नेपाली राजनीतिको गलत प्रयोगले हो सचेत बनौ, विकास र आर्थिक समृद्धिको लागि आजै देखि आफै क्रियाशिल बनौ । (लेखक अधिकारी अन्तर्राष्ट्रिय नेपाली समाज मकाउका संयोजक हुनुहुन्छ ।)