२०७३ साल चैत्र २४ देखि ०७४ साल वैशाख ३ गतेसम्म गजुरी गाउँ पालिकाको गलौंदुमा हुने कृषि, पर्यटन, प्रविधि प्रदर्शनी तथा धादिङ महोत्सव २०७३ मा सहभागि हुन हार्दिक आमन्त्रण गर्दछौं ।
महोत्सवका आकर्षणहरु
- कृषीजन्य वस्तु प्रदर्शनी
- स्थानिय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शनी तथा विक्री
- त्रिशुली नदीमा र्याफ्टिङ
- साँस्कृतिक प्रदर्शनी तथा प्रतियोगिता
- जिल्ला भित्रका खनिजजन्य वस्तुको प्रर्दशनी तथा विक्रि
- शैक्षिक सामाग्रीको प्रदर्शनी, विक्री तथा जानकारी
- आदिवासी जनजाती भेषभुषा झाँकी तथा संस्कृति झल्कने विभिन्न कार्यक्रमहरु
- इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री र सुचना प्रविधी सम्वन्धी जानकारीका साथै रमाईलो
- ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती
आयोजक : नेपाल राष्ट्रिय बाणिज्य संघ, धादिङ