स्वास्थ्य ब्यवस्थापन सम्बन्धी २ दिने तालिम सुरु

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २, २०७३

बाबुराम श्रेष्ठ
धादिङ चैत्र २ । स्वास्थ्य ब्यबस्थापन सूचना प्रणाली अभिलेख तथा प्रतिवेदन सम्बन्धी २ दिने तालिम सुरु भएको छ ।
बुधबार देखि धादिङबेसीमा चलेको तालिममा जिल्लामा रहेका स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईको तथ्याङकमा गुणस्तरीय र फलदायीकताको लागि तालिमको आयोजना गरिएको बताईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले आयोजना गरिएको स्वास्थ्य ब्यबस्थापन सूचना प्रणाली तालिममा सेमजोङ, जोगिमारा, कटुन्जे, झर्लाङ लगायतका २२ जना अ.हे.व., अ.न.मी र हे.अ. को सहभागिता रहेको थियो ।
आजको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय धादिङका तथ्याङका शाखाका दुखीलाल शाह र केन्द्रीय बिभागबाट आएका प्रशिक्षकले तथ्याङक सम्बन्धी जानकारी गराएका थिए ।