स्वास्थ्यमन्त्री गगनको पद खतरामा !

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र १, २०७३

काठमाडौं, चैत १ । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने तयारीसँगै स्वास्थ्यमन्त्री गगन थापाले सुरु गरेका सुधार प्रयास बीचैमा टुंगिने खतरा बढेको छ ।

फोरम लोकतान्त्रिकका महासचिव एवं पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीले सरकारमा सहभागी हुन स्वास्थ्य मन्त्रालयमै इच्छा देखाएपछि यस्तो सम्भावना बढेको हो ।

मन्त्री थापाले नीतिगतसँगै स्वास्थ्य सेवाको वृहत सुधारका लागि कम्तीमा आधारभूत गुणस्तरीय स्वास्थ्य सेवाको जग बसाउने भन्दै जनशक्ति, पूर्वाधार र उपकरणमा उल्लेखनीय सुधारका कार्यक्रम एकैपटक अगाडि बढाएका छन् । थापाको योजनामा अर्थमन्त्री कृष्णबहादुर महराले समेत सहयोग गरेर पछिल्लोपटक मात्रै करिव डेढ अर्बभन्दा बढीको स्रोत थप गरिदिएका छन् ।

गच्छदारले मर्यादाक्रम र मन्त्रालय मिले सरकारमा सहभागी हुने सहमति प्रधानमन्त्री प्रचण्डलाई दिइसकेको सार्वजनिक भएको छ । गच्छादारले पार्टीभित्रको आन्तरिक राजनीति मिलाउन चौधरीलार्य रोजेको मन्त्रालय दिनुपर्ने र चौधरीले स्वास्थ्य मन्त्रालय रोजेको जानकारी प्रधानमन्त्रीलाई दिइसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले गच्छदारलाई थापालाई स्वास्थ्यबाट हटाउनेबारे वचन भने दिइनसकेको फोरम लोकतान्त्रिकका एक नेताले बताए । आजको नागरिक दैनिकमा खबर छ।