काठमाडौं फागुन ३० । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत घरेलु मैदानमा उत्कृष्ट फिल्डिगं र सानदार बलिङका गर्दै नेपालले केन्यालाई हराएको छ ।
कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह एरीको उत्कृष्ट व्याटीगंको कारण केन्यालाई नेपालले ७ विकेटले हराएको छ ।
केन्याले दिएको १ सय ५६ रनको लक्ष्य नेपालले तीन विकेट जाँदा पूरा गरेको हो । तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले १११ रनको साझेदारी गरे । दिपेन्द्र सिंह ऐरी ६६ बलमा ६२ रन बनाएर आउट भए । १ सय १८ बल बाँकी छँदै नेपाल विजयी भयो । ज्ञानेन्द्र मल्लले ९३ बलमा ६४ रन र शरद भेषावकरले ११ बलमा २४ रन बनाए । शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपालले सोमबार केन्यालाई ७ विकेटले हराएको हो । केन्यासँग भएको शनिबारको खेल हारेपछि नेपाल प्रतियोगिताको शीर्ष ४ मा रहने गणितीय सम्भावना मात्र बाँकी छ ।
शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा छनौट हुने मौका पाउनेछ । अब नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ । नेपालले १० खेलमा ४ जित निकाल्दै ८ अंक छ । केन्याको १० खेलमा ५ जित निकाल्दै १० अंक छ ।