हाेली
रङहरुकाे पर्व हाेली,
सद्भावकाे चाड हाेली,
सँधै उद्देलित हुने मन डराइरहेछ,
पहिले हामी रङ खेल्थ्याैं,
म फेरि रङ खेल्दै सद्भाव बढाउन चाहन्छु ,
तर तिमी रङ फेर्दै रमाइरहेछाै,
याे रङ खेल्न त्याे रङ कसरी छाड भनाैं म
रङ रङ नै हाे,
त्याे रङ र याे रङ दुबै रङ नै हुन्,
तसर्थ रङ्गीन पर्व मिलेर खेलाैं ।
विष्णु प्रसाद कोइराला
सन्दर्भ /फागु २०७३/