एमालेले फेरि सप्तरीमा कार्यक्रम गर्ने

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २६, २०७३

काठमाडौं, फागुन २६ । एमालेले प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा पुनः अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले जिल्लास्तरीय सभाहरू आयोजना गर्ने निर्णय गरेको हो । ‘प्रदेश नम्बर २ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरिएको छ,’ सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश नम्बर २ का जिल्लामा जिल्लास्तरीय सभा पनि आयोजना गरिनेछन् ।’

कार्यक्रमको कार्यतालिका प्रदेशको पार्टी नेतृत्वसँगको परामर्शमा तय गरिने एमालेले जनाएको छ । हेटौँडाबाट भने शुक्रबारदेखि अभियान सञ्चालन हुनेछ । आजको नयाँ पत्रिकामा खबर छ ।