अनुगमनमा होलिस्टिक हस्पिटल उत्कृष्ट

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २५, २०७३

धादिङ फागुन २५ । स्वास्थ्य मन्त्रालयको अनुगमनमा होलिस्टिक हस्पिटल उत्कृष्ट ठहरिएको छ ।

डा. रुपेन्द्र पुरीको सङ्योजकत्वमा नेपालर सरकार स्वास्थ्य मन्त्रालय, आयुर्वेद विभाग, वाग्मती अञ्चल आयुर्वेदका चार सदस्यीय अनुगमन टोलीले होलिस्टिक हस्पिटल उत्कृष्ट रहेका बताएको हो ।

पृथक उपचभार पद्धति र विश्वष योग्य आम मानिसहरुको चाहानालाई मध्यनजर गर्दै नेपालमा पहिलो पटक होलिस्टिक हेल्थ इन्कले होलिस्टिक हस्पिटल तथा रिसर्च सेन्टर स्थापना गरे सँगै मन्त्रालयले अनुगमन गरेको थियो ।

होलिस्टिक हस्पिटल तथा रिसर्च सेन्टरमा योगा थेरापी, नेचुरोप्याथी, मालिस, फिजियोथेरापी, स्टिप वाथ, सौना, आयुर्वेद सेवा, प्याथोलोजी सेवाका साथै प्राकृतिक जीवनशैलीको लागि आहारपूरक खाद्य सेवाको पनि उपलब्ध रहेको होलिस्टियन डा. सागर पौडेलले धादिङपोष्टलाई बताउनु भयो ।

प्राकृतिक वातावरणमा जिर्ण रोगलाई कफ, वाथ, पित्ताको सुधार गर्दै दीर्घरोगीहरुलाई उपचार गर्नका लागि यो अस्पताल स्थापना गरिएको हुँदा सबै किसिमको स्वास्थ्य सेवा उपलब्ध गराउन होलिस्टिक हस्पिटल तथा रिसर्च सेन्टर स्थापना भएका समेते डा. पौडेलले बताउनु भयो । होलिस्टिक हस्पिटल तथा रिसर्च सेन्टर काठमाडौं नयाँ बानेश्वर मिनभवन नजिकै ठूलो खरीबोट नजिकै रहेको छ ।