धादिङ, फागुन १५ । भारत भ्रमण रहेको नेपाली क्रिकेट टोली आज भएको पहिलो अभ्यास खेलमा पराजित भएको छ । स्थानीय राजवाडा क्रिकेट टिमसँग भएको खेलमा नेपाल ४७ रनले पराजित भएको हो । राजवाडाले दिएको दिएको २८२ रनको लक्ष्य पक्ष्याएको नेपाल २३४ रन बनाउदा अल आउट भएको थियो ।
नेपालको लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक १०४ रन बनाएका थिए । नेपालके आरिफ शेख र सोमपाल कामी शुन्य रनमा नै आउट भएका थिए ।नेपालले आगामि फागुन २८ र ३० गते केन्यासँग हुने विशव क्रिकेट लिग च्याम्पियनसिप खेलको तयारीको लागि शुक्रवार नेपाली टोली भारत गएको हो ।