काठमाडौं, फागुन ९ । रोल्पाको थबाङमा जारी नेकपा माओवादीको बन्दसत्रमा एकीकृत जनक्रन्तिमा सशक्त रुपमा होमिन नयाँ नेतृत्व तयार हुनुपर्ने दबाब बढ्दै गएको छ ।
सबैजसो समूहबाट तत्काल सशक्त जनक्रान्तिमा होमिनुपर्ने सुझाव पेस भइरहेका छन् । बन्दसत्रमा सहभागी एक नेताले भने, ‘जनविरोधीलाई प्रहार गर्नै पर्छ । यदि, ‘राज्यदमन’ भयो भने हातमा दही जमाएर बस्नुहुन्न भन्ने प्रतिनिधि पर्यवेक्षकको मत जब्बर बन्दैछ ।’
बन्दसत्रमा पार्टीको नाम फेर्ने प्रस्तावको पक्षमा मत बलियो बन्दै गएको छ ।
‘पार्टीको नाम फेर्ने सन्दर्भमा पनि समूहको सुझाव सकारात्मक छ । नाम फेर्दा उपयुक्त हुने सुझाव आइरहेका छन्’, एक नेताले भने, ‘कतिपयले पार्टीको नामबाट माओवादी हटाउँदा जनयुद्धको लिगासी गुम्छ कि भन्ने चिन्ता पनि प्रस्तुत भएको छ ।’
एकीकृत जनक्रान्ति जनताको पक्षमा हुने भन्दै राज्यदमन भए पनि प्रतिरोध गर्न आँट्नुको विकल्प नभएको समूहबाट सुझाव आइरहेको बताइएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ