जनयुद्धको सपना पूरा गरेरै छाड्ने विप्लवको उद्घोष

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन १, २०७३

काठमाडौं फागुन १ । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले माओवादी जनताको पक्षमा बलिदान गरेको र ईतिहास बोकेको पार्टी भएको भन्दै कसैले पराजीत गर्न नसक्ने बताउनु भएको छ ।

खुल्लामञ्चमा शक्ति प्रदर्शन सहित भएको पार्टीको उद्घाटन गर्दै उहाले जनयुद्धको सपना पूरा गरेरै छाड्न प्रतिवद्धता व्यक्त गर्नु भयो ।
साम्राज्यावादीहरुसगँ लड्न पछि नपर्ने एक मात्र पार्टी आफुहरुको भएको भन्दै माओवादीलाई अपराधी घोषित गरेर सिध्याउने षड्यन्त्र सफल हुन नदिने विप्लवले चेतावनी दिनु भयो ।

माओवादी हारेर आएको पार्टी नभई ईतिहास बोकेको पार्टी भएकाले देश बेच्ने, नदीनाला बेच्नेहरुले जेल हाल्ने हल्ला चलाएको भन्दै माओवादीलाई हराएर देखाउन चूनौती दिनु भयो ।

विप्लवले युवाहरु विदेशमा गएर पीडा भोगीरहनु परेको भन्दै नेपाली युवालाई भेडाबाख्रा जस्तो व्यवहार विदेशी भूमिमा भईरहेको भन्दै अब युवाहरुले खाडीमा हैन देशमा लड्ने बेला आएको बताउनु भयो ।

उहाले पार्टीले दलाल अर्थतन्त्रको अन्त्य गरी राष्ट्रिय पूजिपति वर्गलाई स्वदेशमै कलकारखाना सञ्चालन गर्ने वातावरण बनाउने आफूहरुको नीति रहेको बताउनु भयो ।

यस्तै जनजाति र मधेशी समुदायलाई सवोधन गर्दै उहाले अहिलेको संघीयता नाराको मात्र भएकाले वास्तविक अधिकार र शोषित जनको मुक्ति विनाको संघीयता काम नलाग्ने बताउनु भयो ।