गोपाल फ्यूवा तामाङ,
पर्सा माघ १५ । भूल्दै गएको धर्म संस्कृति र संस्कार जोगाउदै मधेशका विभिन्न जिल्लाहरूमा ल्होछार कार्यक्रमहरू भएका छन् ।
पर्सा जिल्ला विरूवागुठी गाविस वडा नं ५, बढनिहारमा २५८३ औ सोनाम ल्होछार सम्पन्न भएको छ । तम्बा छ्योइलिङ विश्व उद्धार गुम्वामा भएको कार्यक्रम गुम्बाका अध्यक्ष धनबहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा सामूहिक पूजा, भोज, खेल खेलाएका थिए । विभित सांस्कृतिक कार्यक्रममा म्हेन्दोमाया र म्हनेदोरामा भरपूर मनोरञ्जन लिएको स्थानीय युवाहरूको भनाई छ । त्यस्तै मित्र गेष्ट हाउस, काठमाडौ , अलमराइ ग्रुप, साउदी र स्टार लामा ग्रुपको प्रायोजन र सुन्दरवस्ती युवा क्लवको आयोजनामा गढिमाई नगरपालिका डुमरवाना सुन्दरवस्तीमा कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय तथा राष्टिय कलाकारहरूको प्रस्तुतिमा विभित सांस्कृतिक कार्यक्रम भएका हुन् । ल्होछारको अवसरमा गरिने सांस्कृतिक कार्यक्रमहरूमा नै तामाङ जागरणको शन्देश दिन सकिने अगुवा कञ्चन गुरूङको भनाई रहेको छ । ल्होछारले भाषा, धर्म, संस्कृति, भेषभूषा प्रदर्शन गरी तामाङपना जगाउन महत्त्वपूर्ण भूमिका निभाएको छ ।