होलिस्टिक हस्पिटलले सुरु गर्यो प्याथोलोजी ल्याब सेवा

Avatar photo
Dhadingpost
बुधबार, माघ १२, २०७३

धादिङ माघ १२ । होलिस्टिक हस्पिटल काठमाडौले आज निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरि प्याथोलोजी ल्याब सेवा उद्घाटन गरेको छ ।

नेपालमा छोटो समयमा निकै लोकप्रियता कमाएको र उपचार पद्धति फरक भएको यस अस्पतालले आज ५० भन्दा बढीले रक्तदान र २ सय भन्दा बडीको निशुल्क सुगरको ल्याव टेष्ट गराउँदै प्याथोलोजी ल्याब सेवा उद्घाटन हो ।

हस्पिटलका एल बि मुखियाका अनुसार उपत्यका सहित धादिङ, नुवाकोट, रसुवा, काभ्रे लगाएतका जिल्लाहरुबाट समेत विरामीहरुले शिविरमा सहभागिता जनाएका थिए ।

नयाँ बानेस्वर रहेको यस अस्पतलले टिसिएम, आयूर्वेद, होमियोपेथी, एलोपेथी पद्धतिलाई को समग्रतलाई केन्द्रित गरि होलिस्टिक पद्धतिको अपनाई उपचार गरि रहेको मुखियाले बताउनु भएको थियो ।

हस्पिटलका डा. सुनुवार डी.बी का अनुसार समग्र रूपले स्वास्थ्य उपचारमा पहुच गर्ने अवधारणालाई होलिस्टिक पद्धति भनिन्छ । जीव वा शरीर स्वास्थ्य हुनका लागि जस्तो सुकै प्रभावकारी उपचार पद्धतिको प्रयोग गरी उपचार गरिन्छ । त्यसैले होलिस्टिक पद्धतिले माथिका चारवटै पद्धतिका राम्रो पक्षलाई मिलाएर उपचार गरिन्छ । यी पद्धति अन्तर्गत धेरै सहायक पद्धतिहरू पर्छन् । अमेरिकामा यसको व्यावहारिक रूपले प्रयोगमा आएको सदियौ भएको छ । यस्ता बैकल्पिक उपायहरूबाट नै स्वास्थ्यपोचार पाउनु सहज ठान्छन् । यसरी आफ्नो घरको भान्सादेखि नै कार्यालयसम्म होलिस्टिक जीवनशैलीको वातावरण सृजना गर्न सक्यौ भने अमेरिकनहरूले पचास वर्ष पहिले अवलम्बन गरेको उपचार पद्धति हामीले पनि अनुसरण गर्न सक्छौ ।

उहाँले धादिङपोष्ट सँग कुरा गर्दै भन्नु भयो होलिस्टिक अस्पताल उपचार सँगै वैज्ञानिक आधारमा जनचेतना मुलक कार्यक्रम पनि गर्दै स्वस्थ्य रहन स्वस्थ्य आहार अनिवार्य भएको बताउँदै होलिस्टिक हेल्थ प्रालि ले बजारमा ल्याएका सामाग्रीहरु लाभदायी हुने समेत बताउनु भयो । शिविरमा डा. सुनुवारले होलिस्टिक हेल्थ प्रालिले नेपालका हरेक जिल्लामा १ १ बटा डिलर राखि Food Supplements, Beverages, Personal Care सामानहरु सुपथ मुल्यमा वितरण गरि रहेको उक्त सामान प्रयोग गर्न आग्रह गर्नु भएको थियो ।

शिविरमा देखिएका दृष्यहरु