अपाङ्ग म र मेरो वर्तमान

Avatar photo
Dhadingpost
आइतवार, पुस २४, २०७३

विष्णुकुमार श्रेष्ठ,
नीलकण्ठ नगरपालिका १२ साङ्कोस

जिवनको कथा नयनबाट आँसुका धाराहरु बगाउँदै बिष्णु काहाली लाग्दो जिवनको कथाहरु र बेथाहरु कहाँ, कसरी र कसलाई सुनाउन जाम आज ।

सुनाम सुनाउने ठाउँ र सुन्ने कोही छैन्, नसुनाम मेरो नयनबाट आँसुका धाराहरु बगाएर कसरी बसम । सधै दिन रात यसरी नै जिवन बिताउनु पर्ने हो कि भनी केही शब्द लेख्दैछु आज म ।

“ भनिन्छ नि दैवले पनि साथ नदिए पछि कसको के नै लाग्छर साँच्चै हो रहेछ ।”

वि.स.२०४३/११/२३ गतेका दिन म नीलकण्ठ नगरपालिका १२ स्थित एक गरिबी परिवार पिता लिलानारायण श्रेष्ठ र मााता बिन्दा कुमारी श्रेष्ठको कोखबाट दोस्रो सन्तानको रुपमा यस धर्तीमा जन्म लिन पुगे ।

बाबा–आमाको कोखबाट जन्म लिए पछि म दिन प्रतिदिन ठुलो हुँदै गए र म विष्णु कुमार श्रेष्ठ नामले परिचित हुन पुगे । जब म यस धर्तीमा जन्म लिए र ८ महिनामा प्रवेश गरे । जब म ८ महिनाको बाल्यकाल तथा दुधेबालकमा प्रवेश गरे त्यस पछि मलाई एक भयानक आँधी बेरी आयो ।

बिडम्बना त्यो आँधी बेरीले मलाई सधै सधैको लागि बिर्सन नसक्ने दुर्घटनामा पारिदियो । खै कसरी भनौ आज म सम्झन पनि मन लागेन । म रुन थाल्छ । जब म ८ महिनाको भए र म रातको समयमा अचानक मेरो दुवै गोडा आगोले काम नलाग्ने गरि जल्न पुग्यो । खै कसलाई दोस दिउ भाग्यलाई–कर्मलाई या आफैलाई, अचानक दुवै गोडा घुम्न पुग्यो र अपाङ्ग बन्न पुगें ।

सदा–सदाको लागि म अपाङ्ग भएँ । रातको समयमा बाबा–आमा निदाई सकनु भएको बेला जब मेरो गोडा आगोमा परी पोलिएको बाबा, आमाले थाहा पाउनु भो र मलाई केराको पातमा सुताएर छिमेकीहरुको सहयोगमा जिल्ला सदरमुकाम धादिङ अस्पताल सम्म लानु भो । तर त्यहाँ मेरो उपचार हुन सकेन ।

जिल्ला अस्पतालमा मेरो उपचार हुन नसके पछि मलाई त्यहाँबाट कान्ति बाल हस्पिटल काठमाण्डौंमा उपचारको लागि रिफर गरियो । त्यस पछि मलाई बाबा, आमाले कान्ति अस्पतालमा लानु भो र बाबाले आमालाई र मलाई त्यहाँ भर्ना गरी उपचारका लागि पैसा जम्मा गर्न गाउँ फर्किनु भो ।

गरिबलाई जताबाट पनि पीर, चिन्ता, टेन्सन नै टेन्स हुने रहेछ । गरिबी परिवारमा जन्म भएको र छोरा मध्येको पहिलो सन्तानको अवस्था देख्दा बाबा–आमाको मन कस्तो भयो होला सायद आज म यहाँ उल्लेख गर्न सक्दिन ।

दिनरात बढ्दै गयो मेरो घाउँ दुख्दै गयो । उपचारकै लागि रकम जुटाउने क्रममा बुबाले मेरो उपचारका लागि आफ्नो नाममा भएका सम्पति समेत बेचेर मेरो उपचार गर्नु भयो । कान्ति बाल अस्पतालमा उपचारको क्रममा दुवै गोडा काट्नु प¥यो । दुवै गोडा काटि सकेपछि म ८ महिना सम्म त्यही डाक्टरको अप्जरभेसनमा रहनु प¥यो ।

जब ८ महिना पुरा भए पछि मलाई डाक्टरले घर पठाई दिनु भो र बाबा आमाले मलाई घरमा मनमा ड्याङरो बजाउँदै ल्याउनु भो बाबा आमााले धेरै पिर लिनु भो । त्यति बेला मेरो आफन्तहरुले मलाई केही सहयोग गर्नु भएन । विचरा पिर लिएर के गुर्न पिर त कसलाई पो लाग्दैन र आफ्नो छोरो अपाङ्गता हुँदा यसै क्रममा अपाङ्ग बाल अस्पताल तथा पूर्नस्थापजना केन्द्रद्धारा संचालित ऋ।च्।ऋ।ए कार्यकर्ता नातिबाबु भट्ट सरले थाहा पाउनु भएछ र मेरो घरमा आउनु भो त्यस पछि मेरो अवस्था हेरेर अपाङ्ग बाल अस्पतालमा लान सल्लाह दिनु भो । मेरो बाबाले उहाँको सल्लाह बमोजिम मलाई त्यहाँ लानु भो त्यहाँ लगि सके पछि मलाई कृतिम गोडा निर्माण गरी हिडडुलमा सहज बनाई दिनु भो म त्यही कृतिम गोडा लगाएर शिशु देखि बाल्यकाल हुँदै जिवन पार गर्दै आएको छु ।

यही कृत्रिम गोडाको साहाराले क्याम्पस सम्मको अध्ययन समेत पुरा गरे । यसै सिलसिलामा म यही अपाङ्गबाल अस्पतालको कर्मचारीको रुपमा काम गर्ने अजसर पनि पाए । यसै संस्थाद्धारा संचालित C.R.C.P अन्तर्गत चितवनमा अथोसिस एण्ड प्रोथोसिस विभागमा अथोसिस एण्ड अथोसिस असिस्टेन भएर काम गरी आएको छु र आफ्नो कृत्रिम गोडा आफै बनाउन सक्ने भएको छु ।

मलाई यहाँ सम्म ल्याउने शेय अपाङ्ग बालअस्पताललाई धन्यवाद दिन चाहान्छु किनकी यही संस्थाले गर्दा नै म यहाा सम्म आउन सकेको छु । मेरो दैनिक जिवनमा सहज बनाएको छ । यही कृत्रिम गोडाको साहायताले नै हिडडुल गर्न सहज बनाएको छ । कृत्रिम गोडा लगाएर नै साङग सहर काम गर्न सक्षम भएको छु । म एक ठाउँमा कोचिएर अरुको सहयोगमा बाँच्नु परेको छैन् । यदि यस संस्था नाभएको भए म जिवन भर अन्धकारमा बस्नु पर्द थियो । अरुको अपमान, घृणा सहेर बाँच्नु पर्ने अबस्था हुन्थ्यो ।

त्यसैले म यस संस्थालाई बाँच्ुन जेल सम्झन चाहान्छु । र मुरी मुरी धन्यावदका साथै यस संस्थाको अझै उन्नति प्रगति भएको हेर्न चाहान्छु र म जस्ता धेरै अपाङ्ग बालबालिकाको जिवनमा पूर्नः जिवनमा सहयोग पुग्योस भन्न चाहान्छु ।