पर्यटन, गाउँ पर्यटन र धादिङ पर्यटन

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १२, २०७३

कमल सापकोटा

नेपाल प्राकृतिक, साँस्कृतिक र धार्मिकरुपले संसारकै आकर्षक र अनुपम पर्यटकीयगन्तव्य हो । सुन्दर, शान्त, सेता अग्लाहिमाल । मनै लोभ्याउने मनोरम पहाड । तराईको हरियाली मैदान देखि विश्वकै उच्चतम विन्दूसम्म फैलिएका राष्ट्रिय निकुञ्ज । उत्तरबाट दक्षिण बग्ने ठूला–साना अविरलनदी अनि विश्वकै उचाइकै रहेका रमणीय हिमताल । यति मात्र हैन, पौराणिक, धार्मिकर ऐतिहासिक महत्व झल्किने युनेस्को विश्व सम्पदामा सूचीकृत कलात्मक मठ, मन्दिर,गुम्बा र दरबारहरुले हाम्रो मौलिक नेपाली कला, सँस्कृति र दर्शनलाई अझ समुन्नतर आकर्षक बनाइरहेको छ । त्यसैले विश्व पर्यटनमा स्थापित संस्थाहरुले नेपाललाई विश्वका दश प्रमुख गन्तव्यहरुमा सूचीकृत गरेका छन् । ६ हजार मिटर भन्दा अग्ला हिमालहरु हामी सगँ १३ सय वटा छन् । विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ हिमाल नेपालमै छ । नेपालमा जति ट्रेकिङ गर्न सकिने ठाउँ विश्वमै छैनन् । मात्रै हामीले उपलब्धतालाई खोजबिन गर्दै प्रयोगमा ल्याउनुपर्नेछ । नेपाल मौसमका दृष्टिले पनि स्वर्ग नै छ ।

लोकप्रिय पर्यटकीय गन्तव्य देशहरुएसियामा नै र विश्वका अन्य भू–सागरहरुमापनि नभएका होइनन् । तर, विश्वकै उच्चतम् विन्दुमा रहेको सगरमाथा र विश्व शान्ति नायक बुद्धको जन्मभूमि लुम्बिनीकोदेश हुनु हामी नेपालीको गौरव हो । हामी नेपालीको मौलिक संस्कार ‘अतिथि देव भवः’ले गर्दा विदेशी पर्यटकले न्यानो आतिथ्य अनुभूति गर्छन् । नेपालीहरु हँसिलो र फरासिलो मानिसका रुपमा चिनिन्छन् । यसलाई पर्यटनको दृष्टिबाट महत्वपूर्ण विषय हो ।

नेपालको भौगोलिक विविधताद्वारा सिर्जित जैविक, धार्मिक, सांस्कृतिक लगायतका विविधताका कारण यस अमूल्य संस्कार सँग पनि विश्वका अन्य गन्तव्य स्थलहरुले मात्र नभई दक्षिण एसियाका अन्य मुलुकले पनि प्रतिस्पर्धा गर्न सक्दैनन् । नेपालको समृद्धिमा आर्थिक उपार्जनका अन्य सम्भावना मध्ये पर्यटन मात्र यस्तो उद्योग हो, जसले बिना ठूलो पुँजी र विशिष्ट औपचारिक ज्ञान र सीप बिना नै सानातिना व्यवसाय सञ्चालन गर्न र रोजगारी र स्वरोजगारी सिर्जना गर्न सक्छ । पर्यटकीय आर्थिक गतिविधिको प्रतिफल हाम्रो जस्तो पहाडी मुलुकको दूरदराजका कुनाकन्दरा सम्म सजिलै पुग्न सकेको छ ।

नेपाल हिमालयको काखमा र विश्वकै द्रूत तर गतिले आर्थिक विकास गरिरहेका दुई िवशाल छिमेकी चीन र भारतको बीचमा अवस्थित छ । यी दुई देशबाट थोरै जनसंख्या नेपाल भित्र्याउन सकिए पनि नेपालको पर्यटन क्षेत्रमा तिव्र विकास हुनसक्छ । चिनियाँ बुद्धमार्गीहरुलाई लुम्बिनी र भारतीय हिन्दूलाई पशुपति महत्वपूर्ण गन्तव्य हो ।

तसर्थ हाम्रो देशको आर्थिकक्रान्तिका तीन आधारशिला– कृषि, पर्यटनर जलस्रोतमध्ये सबभन्दा सरल र व्यापक विकास र विस्तार गर्नसक्ने पर्यटन उद्योगको रणनीतिक महत्व छ । यो क्षेत्रको विकासमा निजी क्षेत्रसँगै सार्वजनिक निजी साझेदारीको अवधारणामा अन्य विकसित मुलुकहरुले जस्तै आर्थिक विकासमा छलाङ्ग मारेर समृद्ध नेपाल बनाउन सकिन्छ ।

भूगोल सानो भए पनि जैविक विविधताको दृष्टिले हाम्रो देश अन्य कैयौं राष्ट्रभन्दा धेरै ठूलो छ । ८ सय ७० प्रजातिका चराहरु रफ्लोरा एण्ड फाउन्नाको उपलब्धताको दृष्टिले पनि नेपाल विश्वकै महत्वपूर्ण गन्तव्य बन्न सक्छ । विश्वमै दुर्लभ एक सिंगे गैंडा र रेड पण्डा मात्र होइन यहाँ अन्य दुर्लभ वन्यजन्तु पनि पाइन्छ । भनिन्छ, नेपालको ४० प्रतिशत प्राकृतिक स्रोतहरुको अभैm पनि अनुसन्धान पनि गरिएको छैन । वास्तवमा प्राकृतिक रसांस्कृतिक आकर्षणको आधारमा तुलना गर्ने हो भने ती देशहरु भन्दा हाम्रो नेपाल कैयौ ंगुणा रमणीय र आकर्षक छ । त्यस अर्थमा पर्यटन उद्योगले विकास नेपालको आर्थिक क्रान्तिको एक रणनीतिक महत्व राख्दछ । पर्यटन उद्योग सदैव क्रियाशील र परिवर्तनशील उद्योग हो । यसलाई समकालीन मानिसको इच्छा र चाहना बमोजिम परिमार्जित गर्दै लैजानपुर्छ ।

यहा“ प्राकृतिक सम्पदा र जैविक विविधताको महत्वपूर्ण संयोजन छ, जुन पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण वरदान हो । संसारका सबैभन्दा सुरक्षित मानिएका स्थान पछिल्ला दिनमा असुरक्षित सावित भइरहेका सन्दर्भमा समकालीन विश्वमा शान्ति पर्यटनको महत्व दिनानुदिन बढिरहेको छ । ताज महल र ट्वीनटावर भन्दा हाम्रो वनपाखा, हिमाल, गाउ“–बस्ती सापेक्षित शान्तिका गन्तव्य हुन सक्छ । यहा“ सुरक्षा र शान्तिको खोजीमा रहेकाहरुका लागिहामीले महत्वपूर्ण विकल्प दिनसक्छांै । हामीले यसलाई बुद्धि पु¥याएर व्यवस्थापन गर्दै हाम्रो प्रचुर सम्भावनाहरुलाई बजार सँग जोड्ने हो भने पर्यटन उद्योगमा महत्वपूर्ण स्थान हुने ‘रिपिटेड भिजिटर’हरु बढाउन सक्छांै  । लामो तथ्याङ्कीय विश्लेषण र तर्कहरुल भन्दा पर्यटन उद्योगको महत्व प्रकाश पार्न हाम्रै मुलुक भित्र र अन्तर्राष्ट्रिय क्षेत्रका जीवन्त दृष्टान्त नै प्रर्याप्त छन् । के आजको लुक्ला, नाम्चे, मनाङ, जोमसोम, चितवनको सौराहा, पोखराको आर्थिक समृद्धि पर्यटनको विकास बिना कल्पना गर्न सकिन्थ्यो ?

यसरी नेपालमा अनगिन्ती सम्भावनाहरु रहँदा रहँदै पनि हामीले यसलाई पकड्न सकेका छैनौं । निजी क्षेत्रले यसको नेतृत्व गरिरहेको छ । तर सरकार भने कता कता अलमलिएको जस्तो वा हराइरहेको जस्तो देखिन्छ । पूर्वाधार निर्माणमा पनि हामी निकै पछाडि परिरहेका छौं । एकातिर सरकार सँग शताब्दी सुहाउँदो नियम छैन भने अर्कोतिर भएका नियमहरु प्नि कार्यान्वयन हुन सकिरहेको छैन ।

सरकार सँग दिर्घकालीन दृष्टिकोण नभएका प्रशस्त उदाहरण दिन सकिन्छ । अहिले वैकल्पिक पदमार्गहरु निर्माण नगरीकन भएका पदमार्गहरु भत्काइनुले पर्यटन क्षेत्रमा नकरात्मक असर परिरहेको छ । यसको ज्वलन्त उदारहणको रुपमा अन्नपूर्ण पदमार्गलाई लिनसकिन्छ । विकास गर्नुपर्छ तर यो भँडुवा विकासवादी हुनु हुँदैन । जथाभावी डोजरको प्रयोगले हाम्रा गाउँ बस्तीको स्वरुप नै भत्किएको छ भने ऐतिहासिक स्मारक, चौतारो र ठाँटीहरु बिग्रिएका छन् । यसर्थ, हामीले पृथ्वीको संरक्षण गर्दै वातावरण मैत्री र दिगो पर्यटनमा पनि आवश्यक ध्यान दिनुपर्छ ।

नेपालमा गाउँ पर्यटन

रैथाने संस्कृतिले भरिपूर्ण हाम्रा गाउँघरमा भिलेज टुरिज्म विकासको पनि प्रचुर सम्भावना छ । यस अन्तर्गत अर्गानिक फार्मिङ बनाएर एग्रो पर्यटनको पनि विकास गर्न सकिन्छ । उनीहरु बीच माया, प्रेम र शान्तिको भावनालाई प्रतिस्थापित गर्दै गाउँको आर्थिक स्थितिलाई सुधार्न सकिन्छ । यसबाट गरिबी निवारण मात्र होइन विश्व सामु देशको संस्कृतिलाई गर्वका साथ प्रस्तुत गर्न सकिन्छ । हामीले हाम्रो सांस्कृतिक विविधता शैली र रहन सहनको विश्व सामु बजारीकरण गर्न पनि सक्छांै ।

नेपाल गाउँ नै गाउँले भरिएको देश हो । पर्यटनका हरेक विधाहरु कुनै न कुनै रुपले गाउँ सँग जोडिएकै हुन्छ । ट्रेकिङ्गको कुरा गर्नुहोस् वा प्याराग्लाइडिङ, ¥याफ्टिङको कुरा गर्नुहोस् वा बन्जू जम्प, जुनसुकै विधामा पनि गाउँ सँग जोडिनै पर्दछ । गाउँ पर्यटन सँग जोडिएको अर्को रमाइलो कुरा पनि हुन्छ । यतिबेला मुलुकमा राष्ट्रियताको धेरै चर्चा हुन गरेको छ । हामीले गाउ“ पर्यटनको कुरा गर्दा सबै उत्पादनहरु स्वदेशकै उपयोग गर्न सकिन्छ । हामीले कुनै पनि कुरा विदेशबाट आयात गर्नुपर्ने हँदैन । यसले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नमा पनि सहयोग पुग्छ ।

हाम्रोमा विदेशीलाई मात्रै पर्यटक भन्ने प्रचलन पनि छ । बाह्य सँगै हामीले आन्तरिक पर्यटकलाई झन बढी प्रवद्र्धन गर्न सक्छौं । यसलाई एउटा नयाँ संस्कारको रुपमा विकास गर्न सक्छौं । जस्तो कि सरकारले वर्षमा यति दिन बिदा दिन्छौं र यसको यति दिन चाहिं स्वदेशभित्र अनिवार्य घुम्नु पर्छ भन्ने नियम बनाउन सक्छ । अहिले नेपालमा मध्यम वर्ग बढिरहेको छ । यो पर्यटन विकासको लागि महत्वपूर्ण पक्ष हो ।

गाउँ पर्यटनको अर्को फाइदा भनेको धनीदेखि गरिब सम्मले सँगसँगै कमाउन सक्छन् । सामान्य किसान देखि पर्यटन व्यवसायी सम्म प्रत्यक्ष लाभान्वित हुने यो उद्योग गज्जबको हुन्छ । नेपालमा गरिबी निवारणको एउटा महत्वपूर्ण औजार पर्यटन उद्योग हुन सक्छ भन्ने मेरो ठहर हो । जस्तो एउटा उदाहरण लुक्लाको दिउँ । लुक्ला जस्ता गाउँहरु नेपालमा हजारौं छन् । तर पर्यटन सँग जोडिएपछि उक्त गाउँ कति महंगो भयो र त्यहाँको जनताको जीवनस्तर कसरी उत्थान गर्न सक्यो ? यसर्थ, म नेपाललाई कृष् िा प्रधान भन्दा पर्यटन प्रधान देश हो भन्न रुचाउँछु ।

कृषि प्रधान देशको कुरा गरि रहँदा हामीले एग्रो टुरिज्मको विकास पनि गर्न सकिन्छ । अहिले विश्वमा अर्गानिक भेजिटेबलको बढ्दो माग छ । अर्गानिक खानेकुरा भनेपछि स्वदेशी देखि विदेशी सम्म हुरुक्कै हुन्छन् । गाउँ पर्यटनको कुरा गर्दा यसलाई हामीले सर्वोत्तम समायोजन गर्न सक्छौं ।

धादिङमा पर्यटन

जब हामी धादिङको कुरा गर्छौं, यहाँ पनि अथाह सम्भावना छ । गणेश हिमाल र मनास्लु हिम–श्रृंखलाबाट सुरु भएर चीनको सीमाना हुँदै चुरे पहाड सम्म फैलिएको जिल्लाको पर्यटन विकासमा धेरै सम्भावना छ । यहाँबाट अन्य हिमालहरु अन्नपूर्ण, लाङटाङ श्रृंखला लगायतका हिमश्रृंखला पनि देख्न सकिन्छ । पर्वतारोहणका लागि महत्वपूर्ण मानिने पाल्दुर पिक पनि यहीं पर्दछ

गणेश हिमाल पदयात्रा र ग्रेट हिमालय ट्रायलको केही भागहरु धदिङमा नै पर्दछन् । रुबी भ्याली र कालो सेतो कुण्ड पनि पर्यटकीय दृष्टिले असाध्यै महत्वपूर्ण छ ।

झार्लाङ, बोराङ, रि, तिप्लिङ लगायतका हिमाली गाउँको तामाङ, गुरुङ लगायतको मौलिक संस्कृतिले त धादिङको पर्यटन विकासलाई थप टेवा पु¥याउन सक्छ । यसैगरी गंगा जमुना झर्ना, त्यहाँ लाग्ने मेला र त्यहाँबाट देखिने हिम श्रृंखलाहरु पनि हाम्रो महत्वपूर्ण सम्भावना हो ।

सल्यानटार नेपालकै दोस्रो ठूलो टार हो । त्यहाँ रहेका दराई कुमाल जातिको संस्कृतिलाई पर्यटनसँग जोड्न सक्छौं ।

मनास्लु पद मार्गको सुरुवात धादिङको आरुघाटबाटै सुरु हुन्छ । यो दिनानुदिन लोकप्रिय बन्दै पदमार्ग हो । राजधानीसँग जोडिएकोर पर्यटकीय विकासको प्रचुर सम्भावना बोकेको धादिङलाई गाउँ पर्यटनको विकास सँग पनि जोड्न सकिन्छ । भौगोलिक विविधता सँगै जैविक, सांस्कृतिक विविधता बोकेको हाम्रो जिल्ला सँग पर्यटकीय दृष्टिले हेर्दा महत्वपूर्ण सम्पदाहरु छन् ।

सल्यानकोट र ज्यामरुङको ऐतिहासिक दरबार हाम्रा निधिहरु हुन् । त्यहाँबाट देखिने सेता हिमालहरु, नेत्रावती नदी र तल देखिने हरियाली फाँटहरु हामी सँग छन् । त्यसैगरी

सुनौलाबजारको भैरवी मन्दिर, कल्लेरीको गुप्तेश्वर गुफा, खाल्टेको चमेरे गुफा, त्रिपुरासुन्दरीमा लाग्ने मेला र त्यस सँग जोडिएको धार्मिक विश्वासलाई पनि हामीले पर्यटन सँग जोडेर लैजान सक्छौ. ।

यसैगरी पात्ले र सलाङको होमस्टेलाई हेर्दा हामीले धादिङका हरेक गाउ“हरुमा होमस्टे चलाउन सक्छौं भन्ने आत्म विश्वास हासिल गर्न सकिन्छ । नलाङको कफि फार्मिङ, नौबिसेको पशुपालन लगायतका कृषि व्यवसायले पनि नयाँ सम्भावनाको ढोका खुलेको महसुस गर्न सकिन्छ ।

चैनपुर, कटुन्जे, नलाङको सिद्ध लेक, मैदीको मैदीकोट लगायतका डाँडाहरुबाट देखिने मनोरम दृश्य पर्यटन विकासका लागि महत्वपूर्ण हुनसक्छ । यी लगायत यस्ता डाँडाहरुबाट प्लाराग्लाइडिङ उडाउन पनि सक्ने सम्भावना छ ।

धादिङमा बग्ने त्रिशुलीमा हुने ¥याफ्टिङ नेपालकै एक उत्कृष्ठ र चर्चित पर्यटन गन्तव्यमा पर्दछ । यसैगरी नेत्रावती, बुढीगण्डकी, त्रिशुली, थोप्पल र यस्ता अन्य खोलाहरुमा फिसिङ टुरिज्मको सम्भावना पनि रहेको छ ।

अहिले समाजका अन्य क्षेत्रमा जस्तै आर्थिक गतिविधिमा पनि सामाजिक कल्याणको अवधारणा जोडिएको पाइन्छ । पर्यटनमा पनि सामाजिक पर्यटन अथवा गिभिङ्ग ब्याक टुरिज्म महत्वपूर्ण अवधारणा हो । यसले गाउँमा कल्याणकारी कामहरु गर्न सकिन्छ । धादिङको जुन भौगोलिक अवस्थिति छ, नदी छ, सडक छ, काठमाडौं संग जोडिएको छ । सांस्कृतिक, धार्मिक र रीतिरिवाजका दृष्टिले पनि धनी छ । यी व्यापक सम्भावनाहरुलाई जोड दिंदै सरोकारवाला निकायहरुको सहयोग र समन्वयमा हामीले गाउँ पर्यटन विकासलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्न सक्नुपर्छ । सरोकारवाला निकायहरुको वैज्ञानिक सहकार्य, वस्तुनिष्ट योजना, पर्यटन शिक्षा, पूर्वाधार निर्माण जस्ता पक्षहरुमा ध्यान दिन सक्यौं भने हामीले पर्यटकलाई स्वागत गरेकै भरमा बा“च्न सक्छौं । आर्थिक समृद्धि हासिल गर्न सक्छौं । सिंगो धादिङको मुहार फेर्न सक्छौं । आउनुहोस्, सम्भावनाहरुको खोजी गरौं, गाउँ पर्यटन मार्फत धादिङको समृद्धिमा योगदान दिन हातेमालो गरौं ।

(लेखकः युवा पर्यटन व्यावसायी तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भेटोफ) का अध्यक्ष हुन् ।)