ढोला गाविस अन्तर्गत वडा नम्बर २ मा अबस्थित गढी डाँडो (मैधी राज्यको राजधानि) ऐतिहासिक महत्वको ठाउँ हो । यहाँ वि सं १५०० साल भन्दा अगाडि घले राजाहरुले राज्य गरेको इतिहास छ । यस ठाउमा पाईने ,ईट्टा ,पुराना तामाका पैसा ,तिरका टुक्रा , लिङ्गे ढुङ्गो आदिले त्यसको पुष्टि गर्दछ । यहाँ तिन वटा गढि रहेको छ जुन गढि लाई घले राजाहरुले आफ्नो वासोस्थान बनाएका थिए । गोरखा राज्यको सँस्थापक द्धव्य शाहका छोरा पूर्ण (पुरन्दर )शाह विंस १६२७ सालमा राजा भए पछि पूर्व तर्फ राज्य विस्तार गर्ने सिलसिलामा बुढिगण्डकी तरि सर्वप्रथम सल्यानको घले राज्यमा हमला गरी विजय प्राप्त गरे । त्यस पछि खरि ,मैदी , धादिङ ,चरङ्गे आदि थुमथुममा रहेका घले राज्यहरुमाथि हमला गर्न गोरखा बाट फौज पठाए । खरी ,मैदि लगायत अरु स्वतन्त्र थुमक राज्यहरुलाई गोरखा राज्यमा मिलाएर उनीहरुको स्वतन्त्र अस्तित्व गुमाइदिए ।
खरी जितेपछि मैदी तर्फ आक्रमण गर्न जादाँ गोरखालि र मैधेलि फैजबिच भएको लडाइँबारे इतिहासमा यस्तो लेखिएको छ । खयालहरुलाई कत्तल गरि त्यहाको चिज वस्तु लि सरासर मैदि तरफ गया । गोरखाको लस्कर लडाइँ गर्न आयाको देखि मैदिका सर्दार सिपाईहरु पनि हतियार धनुकाड लिई जाइँ लाग्या । दुवै तरफको फौजले परस्पर तिरको हानाहान गर्दा अगँ–अगँमा तिर लागि कोहि मर्य । कोहि घाइँते भया । फेरि गोरखाको तरफबाट र मैदीको तरफबाट खुकुरीको हानाहान हुँदा कसैको सिर ,कसैको गर्धन,कसैकोहात, कसैको कम्मर ,कसैको गोडा काटिई मर्या । कोहि घाईते भया । फेरि गोरखालीबाट तरबार खुडा ,खुकुरी,वाकला गर्दा मैधालहरु कत्तल भया । वाकि रह्याकालाई लखेट्दै मैदि पुयाई ताहा अम्मल गरि जो भयाको चिज वस्तु लि श्री ५ पुरन्दर शाहका हजुरमा दाषिल भै खरी ,मैधिको चिज वस्तु नजराना (उपहार) राषि दर्शन गर्दा श्री ५ महाराज प्रशन्न हुनु भै स्यााबसि दिनु भयो । यो ऐतिहासिक अँश आफनो माटो बाट साभार गरिएको हो । मैधेलि अत्यन्त बहादुरिपुर्वक लडी गोरखालि फौजको निकै नोक्सानि पुराइदिएको र पछि गोरखालिहरु धेरै भएकोले उनिहरुको अगाडि टिक्न नसकि पछि हट्दै गएको र आखिर हार स्वीकार्नु परेको देखिन्छ । अरु ठाउहरुभन्दा मैधि जितेकोमा राजा विशेष खुसि भएका रहेछन् ।
त्यस वेला मैदी राज्य वलियो थियो भन्ने कुराको प्रमाणजुटाउदा त्याहाँ सिपाइलाई तिर हान्ने तालिम दिने उद्देश्यले गाडिएको करिव दस टन जतिको लिङ्गगे ढुङ्गगा,(जसलाइ ७ दिनको सुत्केरीले गाडेको भनिन्छ) घोडालाई दाना पानी खुवाउने चार वटा ढुङ्गगाको डुड पाइनु, इट्टा द्धारा वनाइएको दरबार हुनु, तामाको पैसा चलनमा ल्याइनु, वाट अहिले त्यस कुराको पुष्टी गर्छ । किनकि आज भन्दा ६०० वर्ष पहिलेनै ति कुराको निमार्ण गरिनु भनेको सजिलो कुरा थिएन । यसरी अध्ययन अनुसन्धान गर्दा हालको ढोला गा.वि.सलाई पनि मैदीको नाम वाटै चिनिन्थ्यो पछि विस्तारै बस्ती बढेपछि यि ठाउँहरु विभाजित भएको पाउन सकिन्छ । यसरी हेर्दा ढोला र मैदीको सम्बन्ध नङ र मासुको जस्तो पाउन सकिन्छ ।
दारे गौडाको ऐतिहासिक महत्व
ढोला गा.वि.स ऐतिहासिक महत्व बोकेको गा.वि.स हो । यस गा.वि.स को ऐतिहासिकतालाई अध्ययन अनुसन्धान गर्नु आवश्यक छ । यी कुराको अध्ययन अनुसन्धानले ढोला गा.वि.स लाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउन मद्दत गर्दछ । यसै विच दारे गौडाको पनि आफ्नो छुट्टै महत्व रहेको याहाँको बुढापाकाहरु बताउछन् ।
अहिलेको ढोला गा.वि.स र मैदि गा.वि.स लाई पहिले मैधि गाउको रुपमा चिनिन्थ्यो र अहिले मैधिको ईतिहास केलाउदा ढोलाको इतिहास पनि त्यसै सँग जोडिएर आउने गरेको पाईन्छ ।
वि.स.९३६ देखि १८२६ साल सम्मलाई नेपालको मध्यकाल मानिन्छ । नेपालको पूर्व मध्यकाल ४४४ अथवा पाँचौ शताब्दिको मध्यतिर त्यस भन्दा पनि अघि नेपालको मध्य पहाडी भागतिरमँगोल जातिका मगर ,गुरुङ्ग,र घलेहरुको शसनको बाहुल्यता थियो । त्यसै गरी धादिङ्गका खरी ,मैधि ,रामकोट ,धुवाकोट ,चरङ्गे,आदि ठाउमा घले राजाले राज्य गरेका थिए । यसरी किटान गरी भन्न नसके पनि १५०० सालतिरबाट घलेहरुले यस ठाउलाई आफ्नो राज्य बनाएको मान्न सकिन्छ । यसै विच घलहरुले आफ्नो मैधि राज्यको राजधानीचाइअहिले ढोला गा.वि.स को वडानम्बर —१ मा अवस्थित गढी डाँडोलाई वनाएको इतिहास छ ।
यसरी मैधि राज्यमा प्रवेश गर्ने मुख्य नाकाकोरुपमा दारे गौडा रहेको वताईन्छ । त्याहा पाउने तिरका टुक्रा ,पुराना तामाको पैसाले त्यस कुराको पुष्टि गर्छ ढोला —५ निवासि विष्णु लाल श्रेष्ठ सँग त्याहा पाउने पैसा सुरक्षित रहेको छ । तिरको टुक्रा चाई हराएको उहाँ बताउनु हुन्छ । अग्लो डाँडो हुन सवै तिर अवलोकन गर्न सक्ने ठाउँ भएकोले पनि त्याँहा घले राजाले आफ्नो सुरक्षाको लागि त्याँहा सुरक्षा कर्मि राखि अन्यत्रराज्यवाट त्यस राज्यमा आक्रमण गर्न वा अन्य उद्देश्यले केहि आए नआएको सुचना लिन त्यस ठाउँलाई प्रयोग गरेको बुभ्न सकिन्छ ।
यसरी हेर्दा ढुङ्गिनि डाँडोमा मान्छे सुत्न मिल्ने खालको ढुङ्गा पाउनु र त्यस ठाउँवाट विभिन्न हिम श्रृङ्खला को साथै मनोरम दृश्य देख्न सकिनुले घले राजाहरु मनोरञ्जन लिनको लागी पनि त्यस ठाँउमा आउने गरेको बुझ्न सकिन्छ । यसरी अनुसन्धान गर्दा ढकाल चौतारो हुदै सुनखानि जाने ,र गढि डाँडा सम्म आउने बाटो सम्भवत् ढोला गा.वि.सकै पुरानो वाटो अन्र्तगत पर्न सक्दछ । किनकि ढोलाको इतिहासलाई नियाल्दा ढोलाको अधिकाँश अहिले बस्ति बसेका ठाउँहरु १७०० साल भन्दा पछि बस्ति बसेको अनुमान गर्न सकिन्छ ।
लिङ्गे ढुङ्गा
ढोला गा.वि.सको वडा नम्बर २ मा अबस्थित यस ढुङ्गाको ऐतिहासिक महत्व रहेको छ ।यो ढुङ्गालाई कसैले सात दिनको सुत्केरीले गाडेको भन्छन् भने कसैले पहिले त्याहाँ रहेको घले राजाले आफ्नो सिपाइलाई तिर हान्ने तालिम दिन गाड्न लगाएको भन्ने गर्दछन् ।हामीले गरेको अध्ययन अनुसार पनि सिपाइलाई तिर हान्ने तालिम दिने उद्देश्यले गाड्न लगाएको भन्ने तथ्य फेला पारेका छौ । करिब १० टन जतिको उक्त ढुङ्गा १०० जना मानिस घटिले बोक्न नसक्ने खालको छ ।
अहिले सो ढुङ्गा जमिनबाट ८ फिट अग्लो छ भने त्यतीनै मात्रामा गाडिएको वुढापाका बताउछन् । सो ढुङ्गा कहाँबाट ल्याइएको हो भनेर अहिले सम्म कुनै प्रमाण फेला पार्न सकिएको छैन । त्यहाँ पुग्ने जो कोहिले पनि एक पटक यो ढुङ्गा अबलोकन गर्न छुटाउन नमिल्ने खालको छ । यस क्षेत्रबाट विभिन्न हिमाली,र टाढा टाढाका मनोरम दृश्य देख्न सकिने भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्रयाई आम्दानीको नयाँ विकल्प खोज्न सकिने छ ।
श्रोत हाम्रो ढोला पुस्तक
सम्पादक/प्रकाशक
प्रमोद भट्ट