१९ जिल्लाको भलिबल खेल धादिङ गलौदीमा जारी

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २१, २०७३

धादिङ मंसिर २१ । मध्यामाञ्चल क्षेत्रिय प्रतियोगिताको लागि १९ जिल्लाका खेलाडीहरु धादिङ आएका छन् ।

धादिङको गलौदीमा जारी १९ जिल्लाका क्षेत्रिय खेलाडी छनौट प्रतियोगिता जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको हो ।
यो प्रतियोगितामा छनौट भएका खेलाडीहरु राष्ट्रिय प्रतियोगितामा सहभागि हुने छन् ।

सोमबार सांसद राजेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको उक्त खेलाडी छनौट प्रतियोगिताको पहिलो दिन ( सोमबार) को खेलमा रामेछापले रौतहट काभ्रेले नुवाकोट र सिन्धुपाल्चोकले धनुषालाई हराएको छ । तर खेलको प्रतियोगिताको नियम अनुसार हारेको जिल्लाबाट पनि राम्रा खेलाडीहरुलाई छनौट गरिने छ ।

खेल मंसिर २६ गते सम्म संचालन गरिने आयोजक जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय सचिव कृष्णलाल श्रेष्ठले बताउनु भयो ।