काठमाडौं मंसिर १७। महिला एसिया कप क्रिकेटमा नेपाल भारतसँग २१ रनमा समिति हुँदै अन आउट भएको छ । सबै खेल हारेको नेतालले भारत सँग ९९ रनले पराजित भए सँगै घर फर्किने भएको हो ।
बैंककमा भारतले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा २१ रनमै अलआउट भयो । यो नेपालको सबैभन्दा कम स्कोर हो । यसअघि श्रीलंकाविरुद्ध २३ रनमा आउट भएको थियो । सन् २००७ मा एसीसी महिला क्रिकेटको फाइनलमा नेपालले २६ रन बनाएको थियो, जुन यो प्रतियोगिता अघिको न्यून स्कोर थियो ।
भारतविरुद्धको खेलमा नेपालले अर्को खराब रेकर्ड बनायो । नेलपालका कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । कतिसम्म भने नेपालका कुनै पनि ब्याट्सवुमनले बनाएको व्यक्तिगत रन भन्दा अतिरित्त रन धेरै रह्यो ।
नेपालले जोडेको २१ रनमा ७ अतिरिक्त छ । जबकी सबैभन्दा धेरै रन बनाउने सरिता मगरले ६ रन जोडिन् । ज्योति पाण्डे, करुणा भण्डारी र रुविना क्षेत्री २-२ रनमा आउट भइन् भने सीता राना मगर र रोसनी बोहोराले १-१ रन जोडिन् । यो नेपालको लागि लज्जास्पद हार हो ।