निःसन्तानहरुको लागि बहुउपयोगि नोनी अब धादिङबेसीमा

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर ७, २०७३

धादिङबेसी मंसिर ७ । नि:सन्तान र नपुसकहरुको लागि बुटीको काम गर्ने नोनि अब धादिङबेसीमै पाईन थालेको छ । होलिस्टिक हेल्थ इन्टरप्राईजेज धादिङले नोनी सहित होलिस्टिकका सम्पूर्ण सामाग्री कम्पनी कै दरमा विक्रि वितरण गर्दै आई रहेको छ ।

के हो नोनी, यसले के काम गर्छ, यस विषयमा चित्र निरौला लेख्नु हुन्छ ।

वितरण वितरण गर्दै आई रहेको नोनी कफी परिवारको वनस्पति हो र यसलाई मोरिन्डा (मोरिन्डा सिट्रोफोलिया) र महान मोरिन्डा, भारतीय किम्बु, समुद्री तटीय किम्बु, चीज फल तथा प्रायः भोकमरी वा अनिकालको खाद्य भनेर पनि चिनिन्छ । यसको उत्पत्ति एशिया, अस्ट्रेलिया र प्रशान्त महासागरीय टापुहरूबाट भएको भएता पनि अहिले उष्ण जलवायु भएका क्षेत्रहरूमा व्यापक खेती गरिन्छ ।

यो छायादार वन र ढुंग्यान वा बलौटे समुद्री जमिनमा पनि उम्रन्छ । यो नुनिलो, क्षारीय र सुक्खा माटो लगायत ज्वालामुखी र चुनढुंगा भएका ठाउँहरूमा समेत बाँच्न सक्छ । यसको बोट सालाखाला ९ मिटर अग्लो हुन्छ र यसका नसादार पातहरू गाढा हरियो हुन्छन् । प्राचिनकालदेखि नै मानिसहरूले विभिन्न प्रयोजनका लागि नोनीका विभिन्न भागहरू (जरा, बोक्रा, पात, फल र बीउ) प्रयोग गर्दै आएका छन् ।

लगभग २ हजार वर्षअघिदेखि पोलिनेशियनहरूले यसलाई तागतका लागि दैनिक खान्थे । परम्परागत चिनीया चिकित्सा प्रणालीले विविध रोगको उपचार गर्न यसको प्रयोग गर्दै आएको छ । विभिन्न अनुसन्धानहरू र प्रयोगहरूले के प्रमाणित गरेका छन् भने नोनीले कोषगत तहमा शरीरका कोषहरूको सकारात्मक कार्यशीलतालाई बढाउँछ ।

औषधीय र उपचारात्मक गुणयुक्त खाद्य पूरकका रूपमा यसले हाम्रो कोषहरूलाई पोषण आपूर्ति गरी रोगब्याधीहरू विरूद्ध लड्न, समस्याहरूलाई सम्बोधन गर्न र राम्ररी कार्यसम्पादन गर्न मद्दत गर्ने महत्वपूर्ण कार्य गर्छ ।

नोनीमा पाइने सक्रिय तत्वहरू

बृहद्पोषकहरू:  कार्बोहाइड्रेट, रेसादार खाद्यवस्तु आदि ।
सुक्ष्मपोषकहरू:  भिटामिन ए, बि३ र सि, तथा फलाम, पोटासियम, केल्सियम, सोडियम आदि ।
जैविक रसायनहरू: पोलिसेक्राइड्स, फ्लेभोनोइड्स, फेट्टी एसिड्स, एल्कलोइड्स आदि ।

नोनी खानाले हुने फाइदाहरू

-सामान्य टोनिक स्वरूप तागत दिन्छ, रोग प्रतिरोध क्षमता सुदृढ पार्छ र सुक्ष्मजिवाणु संक्रमणबाट बचाउँछ ।
-महिलाहरूको स्वास्थ्य सुधार्न मद्दत गर्छ, विशेषतः प्रजनन प्रणालीलाई नियमित गरी समस्याहरू हटाउन मद्दत गर्छ । रजस्वला, निःसन्तान र नपुंसकता सम्बन्धी समस्याहरूको उपचारमा अति प्रभावकारी छ ।
-डण्डिफोर न्यूनीकरण र आद्रता सन्तुलन गरी छालालाई राम्रो पार्छ ।
-तनाव न्यूनीकरण र पीडा हटाउने काम गर्छ ।

नेपालमा भने होलिस्टिक हेल्थ कम्पनीले नोनीको ९० क्याप्सुल भएको बोतल उत्पादन गरेको छ । होलिस्टिक हेल्थका प्रबन्ध निर्देशक एलबि मुखियाले नेपालमै क्याप्सुलको रुपमा उत्पादन भएपछि मानिसहरुलाई बोक्न, राख्न र खानामा सजिलो भएको बताउनुहुन्छ ।

नोनी खाँदा अप्नाउनुपर्ने सावधानीहरु

गर्भवती र रजस्वलाको अवस्थामा र रक्तश्राव भइरहेको बेला रक्तश्राव बढाउन सक्ने हुनाले नोनी सेवन नगर्नु उचित हुन्छ । सावधानी र मात्राका लागि विज्ञ-चिकित्सक-खाद्यपूरक विशेषज्ञसित परामर्श गर्नु होस् ।