आज नेपाल र जापानबीचको मैत्रीपूर्ण फुटबल हुदै

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ४, २०७३

धादिङ मंसिर ४-

natioanl-team-nepali

नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबीच  फुटबल खेल हुँदै छ ।खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा अपराह्न २ बजे खेल सुरु हुनेछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा हुने खेलमा भर्खरै मलेसियामा एएफसी सोलिडारिटी कप जितेर आएको नेपाली टोलीले जे लिगमा खेल्ने तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गर्नेछन् ।

तीमध्ये टोडा काजुयुकी सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा अङ्ग्रेजी क्लब टोटेनह्याम हटस्परबाट व्यावसायिक फुटबल खेलेका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक ग्योतोकु कोजीले आफ्नो टोली दबाबका बीच मैदानमा उत्रिए पनि जितकै लागि खेल्ने बताए ।

टोलीको प्रशिक्षकको जिम्मेवारी समेत लिएका खेलाडी काजुयुकीले आफूहरु जित्नका लागि नेपाल आएको बताउँदै वर्तमान नेपाली प्रशिक्षक रहेका जापानी कोजी आफ्नो युवाकालको प्रशिक्षक रहेकाले उनको टोलीसँग खेल्न उत्साहित रहेको बताए ।

नेपाली टोलीका कप्तान अनिल गुरुङले थकानका बीच पनि आफ्नो टोली जापानी टोलीसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताए ।