हिन्दुलार्इ क्रिस्चियन बन्न दबाद दिँदा परिवारमा भाँडभैलो

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ३, २०७३

धादिङ मंसिर ३-

the wooden rosary on the open Bible

दाङ देउखुरीका रामबहादुर चौधरीलाई उनका दाजुले क्रिसिश्चयन बन्न दबाब दिइरहेका थिए । तर, रामबाहादुरले दाजुको दबाब अस्वीकार गर्दै आए ।

क्रिश्चियन धर्मका स्थानीय अगुवा रहेका दाजु भाइप्रति रुष्ट बन्दै गए । सोही क्रममा रामबहादुरको विवाहको कुरा चल्यो ।

जुनसुकै हालतमा भाइको धर्म परिवर्तन गराउन खोजेका दाजुले क्रिश्चियन धर्ममा लागेकी बर्दियकी एक युवतीसँग विवाह गर्न दबाब दिन थालेपछि परिवारमा कलह बढेको आजको नागरिक दैनिकमा समाचार छ ।

तर, हिन्दु धर्मबाट बिचलित हुन नसकेका रामबहादुरले ती युवती क्रिश्चियन भएकै कारण विवाह गर्न असहमति जनाए ।
त्यसपपिछ रामबहादुरले हिन्दु धर्म मान्ने युवतीलाई २०६९ मा विवाह गरे । त्यसपछि दाजु झनै रुष्ट बने अनि २०७० मा घर छुट्याइदिए ।

रामबहादुर प्रतिनिधि मात्र हुन् । फरक धर्म अँगालेका कारण जिल्लाका थुप्रै परिवारमा यस्तो कलह बढेको छ र घर भाँडिएका छन् । केही परिवारमा त दिनहुँ झैझगडा भएका उदाहरणसमेत छन् ।