नेपाली टोली आज राति स्वदेश फर्कँदै

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १, २०७३

धादिङ  मंसिर १-

nepali-team-champian

उपाधि जितेर नेपाली टोली आज राति स्वदेश फर्कँदैछ । नेपाली टोली मिलान्दो एयरको जहाजबाट आज राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एएफसी सोलिडारिटी कपको उपाधि जितेर नेपाली फुटबललाई ऐतिहासिक उपलब्धि दिलाएका नेपाली राष्ट्रिय फुटबल टोलीलाई नगर परिक्रमा गराइने भएको छ ।

हिजो सम्पन्न फाइनलमा मकाउलाई १-० ले हराउँदै नेपाली टोलीले एएफसी सोलिडारिटी कपको उपाधि हासिल गरेको हो । ३५ बर्षभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नेपाली टोलीले जितेको यो सबैभन्दा ठूलो प्रतियोगिता हो ।

एयरपोर्टबाट निस्किएलगत्तै नेपाली टोलीलाई विजय र्‍यालीमा सहभागी गराइनेछ । एयरपोर्टबाट गौशाला-बत्तिसपुतली-मैतिदेवी-पुतलीसडक-घण्टाघर-शहिदगेट-त्रिपुरेश्वर-थापाथली-पुल्चोक-मंगलबजार-ग्वार्को हुँदै एन्फा मुख्यालय सातदोवाटोमा पुगेर सम्पन्न हुनेछ ।