सोलिडारिटी कप च्याम्पियन नेपाली टोलीलाई सरकारले जनही ३ लाख दिने

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ३०, २०७३

धादिङ कार्तिक ३०-

nepali-team-champian

एएफसी सोलिडारिटी कप च्याम्पियन नेपाली टोलीका सदस्यहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने भएको छ ।

मंगलबार साँझ नै प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीलाई टेलिफोन गरेर खेलाडीहरुलाई नगद पुरस्कारको व्यवस्था गर्न भनेका छन् ।

मंगलबार भएको फाइनलमा नेपालले मकाउलाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो ।