धादिङ कार्तिक ३०-
एएफसी सोलिडारिटी कप फुटबलको उपाधि नेपालले जितेको छ ।मलेसियाको कुचिङमा मंगलबार भएको फाइनलमा मकाउलाई १–० ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपाललाई ऐतिहासिक जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे ।
खेलको २९औं मिनेटमा सुजल श्रेष्ठले भरत खवासको पासमा हेडगोल गर्दै नेपाललाई जिताएका हुन् ।
खेलमा नेपालका केही प्रहार भने मकाउका गोलकिपरले विफल बनाइदिएका थिए । वर्षाले मैदानमा पानी जमेकाले खेलमा भने निकै समस्या भएको थियो ।
यो जितसँगै नेपालले इतिहास रचेको हो । अहिलेसम्म नेपालले एसियालीस्तरको कुनैपनि प्रतियोगिता जितेको थिएन ।
खेलको पूरा भिडियो