कारबाही हुनुपर्ने व्यक्ति डिन

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २९, २०७३

धादिङ कात्तिक २९-

kesav

त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल महाराजगन्जको उपकरण खरिद गर्दा विवादमा तानिएका डा. केशवप्रसाद सिंहलाई चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिन नियुक्ति गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका कार्यकारी निर्देशक रहँदा उनले एमआरआई मेसिनलगायत उपकरण खरिद गर्दा स्वास्थ्य मन्त्रालयसँग स्वीकृति नलिएको र सार्वजनिक खरिद ऐन/नियम पालना नगरेको आरोपमा विभागीय कारबाही गर्नुपर्नेमा उल्टै डिनको जिम्मेवारी दिएको खबर आजको कान्तिपुरमा छापिएको छ।