धादिङ कात्तिक २८-
नेपालमा क्रिकेट क्षेत्रमा देखिएको विवाद समाधानको लाथि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टोली आज नेपाल आइपुगेको छ । उत्त टोलीले भोलिबाट छलफल कार्य अगाडि बढाउने बताइएको छ ।
नेपाल क्रिकेट संघको विधानको मस्यौदा गर्न बनेको सल्लाहकार समितिले अझै काम गर्न सकेको छैन । समितिको टीओरआरमा नेपाली पक्षले असन्तुष्टि जनाएपछि छलफलका लागि आईसीसीले इमरान ख्वाना र अमर शेखलाई नेपाल पठाएको छ ।
बैठकमा नेपाली पक्षले सल्लाहकार समितिको कार्यविधिलाई एजेण्डा बनाउने तयारी गरेको छ । आईसीसीका सीईओ डेभिड रिचार्डसनको नेपाल भ्रमणका क्रममा भएको समझदारी अनुसार समितिको कार्यविधि नतोकिएको नेपाली पक्षको गुनासो छ ।