लाओसलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक २७, २०७३

धादिङ कार्तिक २७-

nepal

लाओसलाई ३–० ले पराजित गर्दै नेपाल एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश गरेको छ।नेपाल  एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेर इतिहास रचेको छ ।

पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको खेल २–२ गोलको बराबरीमा टुँगिएपछि टाइब्रेकरको सहयोग लिइएको थियो।

जसमा नेपाली गोलकिपर किरणले लाओसका २ खेलाडीको पेनाल्टी रोक्दै नेपाललाई नाटकीय जीत दिलाए। नेपालका लागि हेमन्त गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले आफूले हानेको पेनाल्टीलाई गोलमा परिणत गरे।

लाओसका दुई खेलाडीको पेनाल्टी किरणले रोकेपछि तेस्रो पेनाल्टी प्रहार गर्न आएका खेलाडीले गोल पोस्टभन्दा बाहिर पेनाल्टी प्रहार गरेका थिए।

नेपालका गोलकिपर किरण चेमजोङले लाओसको लगातार दुइवटा प्रहार रोकेर नेपाललाई फाइनलमा पुर्‍याए । लाअाेसकाे एउटा प्रहार बाहिरिएकाे थियाे । टाइब्रेकरमा नेपालका सुजल श्रेष्ठ, हेमन गुरुङ, बिक्रम लामाले गोल गरे ।

नेपाली राष्ट्रिय फुटबल टिम एसियाली फुटबल महासंघ एएफसीको प्रतियोगितामा फाइनलमा पुगेको यो पहिलोपटक हो । पछिल्लो पटक सन् २००६ मा बंगलादेशमा भएको एएफसी च्यालेन्ज कपमा नेपालले फाइनलमा पुग्ने राम्रो अवसर बनाएको थियो । तर त्यो प्रतियोगिताको सेमिफाइनलमा श्रीलंकासँग पराजित भएपछि नेपालको महादेशीय प्रतियोगिताको फाइनल पुग्ने सपना टुटेको थियो । त्यतिबेला टुटेको नेपालको सपना शनिबार लाओसलाई हराउँदै साकार भयो ।

खेलको १७ औँ मिनेटमै लाओसले गोल गरेर अग्रता लिएको थियो । नेपालका बिमल घर्तीमगरले खेलको ४७ औँ मिनेटमा बराबरी गोल फर्काए । निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा नेपालका लागि अनन्त तामाङले गोल गरेर २–१ को अग्रता दिलाएका थिए तर त्यो धेरै समय टिकेन र लाओसले बराबरी गोल फर्काएको थियो ।

नेपाल समूह ‘ए’को विजेता तथा लाओस समूह ‘बी’को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए ।