राराताल पुग्ने हुटहुटीले हामीलाई दुइ चार साल अगाडी देखिनै पोलिरहेको थियो । कहिले बिदाको समय नमिलेर त कहिले साथीहरुको समुह नमिलेर ‘धर्तिकी स्वर्ग’ रारामा पुग्न सकिरहेको थिइन । झन्डै एक साल अगाडी कुनै एक अनलाइन पत्रिकामा बुलेट बाइक र रारा सगै देख्दा म पनि त्यसरी नै रारा पुग्नुछ भन्ने अभिलासा पालेर बाचेको थिए । २०७३ सालको दशै बिदामा नै मेरो जीवनमा रारा पुग्न लेखेको रहेछ । हामी दुइ चार जना साथीभाईहरुको भेट हुँदा हाम्रा कुराकानीका अधिकांस समय रारा पुग्ने कुरामा नै वित्थो ।
विजया दशमीकै दिन हजुरआमा, बुवा र आमाको हातको टिका लगाएर हतार हतार गर्दै रारा जान लागेको मलाई, घरबाट निस्केको देख्दा बाटोमा भेट्नेहरुको औषत प्रश्न “यति छिट्टै र्फकन लागेको जागिरमा” ? गर्वसाथ मेरो उत्तर हुन्थ्यो । म दशैको विदामा रारा जान लागेको ।
फेसबुकको भित्तामा तयार गरिएको इभेन्टले रिमाइन्ड गरिहेको थियो । १२-१५ जना साथीले इभेन्टमा गोइङ भनेर भन्दै गर्दानी अन्तिममा जानेहरुको सङख्या र मोटरसाइकलको सङख्या न्युन थियो । रारालाई देख्ने सपनाले व्याप्त भइरहेको म र मेरा साथीहरु पुर्वनिर्धारित समयमै धादिङबेसीबाट अघि बढ्यौ ।
यात्रामा सर्भिस फर पिस नेपालका परियोजना संयोजक उपेशकुमार श्रेष्ठ, अमरसिह गिदेल मगर, गणेशखान ठकुरी लाङघाली कन्ट्रक्सनका माथवरसिह गिदेल मगर, प्रेम मोवाइल पसलका प्रोपाइटर प्रेमराज रेग्मी, तीन वटा मोटरसाइकल र म सामेल थियौ । झोलामा पानी, बिस्कुट र एक दुई थान लत्ताकपडा बोकेर सोझियौ रारा तर्फ । सधै एकैकिसिमको जीवनशैलीले तिक्तता दिइरहेको बेला केहि फरक अनुभुति गर्न पाउदाको क्षण शब्दमा भन्दा अनुभवमा धेरै उत्कृष्ट हुदोरहेछ ।
मोटरसाइकलको यात्रा आफैमा असुरक्षित भन्ने थाहा हुदा हुदै नि हामी हुइकिरहेका थियौ । हामी सबै एकै उमेरसमुहका साथी भएकाले होला यात्रामा कतै पनि असहजताको अनुभव हुन पाएन । सुर्खेत पछिको यात्राले जीउमा कति पल्ट सिरिङ बनायो त्यसको त हिसाब नगरौ । बिकराल पहाडको बिचबाट नेपाली सेनाले खनेको सडक, पहाडै पहाड विच तानिएको कर्णाली राजमार्गका ओटासिल कालोपत्रेले त ठाउ छोडेकानै थिए । त्यो भन्दा बढि आफ्नै मनले पनि ठाउ छोडेको थियो । मनमा आएका अनेक शंका उपशंकाले यात्रा पुरा हुदैन कि जस्तो लाग्दैछ ।
मध्य पहाड बाट मध्यपश्चिम पुगेको हामीलाई त्यहाका मान्छेको जिजिविसा, लवाइ, खवाई र बोलीबचन साच्चै अनौठो लागीरहेछ, सुर्खेतबाट हिडे पछि होटेल बाटा, धारा पधेरोमा भेटिएका पुरुषहरु शिरमा ढाका टोपी दौरा सुरुवाल त्यसमाथि कोट लगाएर सच्चा नेपाली त यी भेगमा बस्नेहरु पो हुन जस्तो लाग्छ । महिलाहरुले कम्मरमा बाधेका सेता पटुका रातो चोली अनि रातै फरिया अति सुहाएको जस्तो लाग्छ ।
भिरालो घासेमैदानमा चरिरहेका काला, सेता रङगका भेडा बाख्रा हेरिरहु जस्तो लाग्छ । क्यामरामा कैद गरिरहु जस्तो हुन्छ । एकै ठाउमा झुरुप्प ठडिएका एक तले घर, घरका माथिका छाना काठ छापेर बालुवा मिश्रित माटोले ढलान गरेझै अति सुन्दर तरिकाले सम्याएको देख्दा हामीलाई आश्चर्य सहित राम्रो लाग्छ । बाटो, खोला र घासे बारीको छेउमा लगाइएको स्याउका बोट यहाको आम्दानी र जीवन चर्याको माध्यम बन्दो रैछ ।
जुम्ला पुगेछी जुम्लाको सिमीको दाल र रातीमार्र्सी धानको चामल सगै तिला खोलाको माछा खादाको आनन्द यी शब्दहरुले बोक्ने हैसियत नराख्न सक्छन । जुम्लाबाट फेरि नाग्मा फर्केर राराताल सोज्याउन ९६ किलोमिटरको कच्ची सडक पार गर्न हाम्रो टोलीको लागि सबैभन्दा कठिन हुन पुग्यो । खोलै खोलाको किनारबाट खनिएको बाटो असहज त थिदै थियो, दशैको विदाले गर्दा इन्धन नपाएर ग्यालिनमा बोकेको पेट्रोलको सबै भन्दा माया लाग्दै थियो ।
झम्के साझमा रारानजिकै सवारीसाधन पार्क गर्ने (मिलिचौर) सल्लेरी पुग्दा रारा पुग्ने मानिसका सवारी साधन हेरेरै थाहा पाइन्थो कि रारा नजिकका होटलमा बास पाइदैन । यात्रामा हिड्दा जे पनि स्विकार गर्नुपर्दाेरहेछ, त्यहि र्पाकङ निरको सानो झुप्रोमा रात विताउने चाजोपाजो भयो ।
यहाबाट भोलीपल्ट बिहानैको यात्रा राराको लागि तय हुन्छ । टोलीमा सबैभन्दा पहिले रारा आखामा कस्ले कैद गर्ने भन्ने होडबाजी चल्छ र त्यसको मौका मैले र मेरो क्यामेराले प्राप्त गर्छ । मिलिचौरको बडेमान छातीमा पसारिएको घासेमैदान,कोणधारी हरिया सल्ला चारैतिर जंगल, निलो आकाश र उत्तरतर्फ लस्करै देखिएका हिमश्रृखला लगभग ३००० मिटरको उचाइमा बहेको चिसो हावा बिहानीको पारिलो घाम एकसाथ आफ्नै अगाडी देखापर्दा हो कि हैन झै लाग्छ । आफैलाई चिमोट्न मन लाग्छ । तीन चार दिन देखिको दुखाइ, थकान एकै निमेशमा हराउछन ।
छेउमै पुग्न लाग्दा कस्तो होला रारा ताल ? मनमा भइरहेको उकुशमुकुस त्यो बेला अन्त हुन्छ, जब आफ्नै अगाडी हरिया पहाडी जंगलको बिचमा बडेमानको दिव्यसंसार देखा पर्छ । मनमा सन्तुष्टिको आवाज बज्छ । आखा नझिम्किकन हेर्न खोज्छन । राराको छेउमा पुगेर गायत्री मन्ध पढ्नेबेलामा झै राराको पानी शिरमा हाल्छु , मुख धुन्छु अनि त्यहि घासे चौरमा लमतन्न सुत्छु आफैलाइ अनि यो भागदौडमय संसार भुलेर ।
हिमाली भेगको ठुला ठुला पहाडहरुको बिचमा पानीपानीले डम्मसग भरिएको गम्भिर ताल देखेसी मनले भन्छ “यति पहाडै पहाडको बिचमा नी कसरी जन्मियौ स्वर्गकी परी रारा ?” समुन्द्र सतहबाट लगभग तीन हजार मिटरको उचाइ ,पाँच किमि लम्बाइ र तीन किमि चौडाइ फैलिएको छ रारा । यति उचाइमा रहेरपनि र एकसय ६७ मिटर गहिराइ हुनु यसको अर्काे विशेषता हो ।
रारालाई आँखामा सजाइरहदा यसका दृश्यले मनमा चढेको मादले रारालाई झन्डै आधा घुमुेर रिर्साेट पुगेको पत्तो हुदैन । राराको सुन्दरतालाई वर्णन गर्न स्वास्थानीमा भनिएझै हजार जिब्रा भएका शेषनागले त सक्दैनन होला , राराको वर्णन म जस्तो सामान्य मान्छेको काबु भित्र रहदैन ।
जता र्फकेर हेरेपनि हरिया डाँडा त्यसमा रहेका कोणधारी वन, फुलेका फुल तालको छेउमै चरीरहेका घोडा अनि ११-१२ बजे तिरको हावा सगै आउने छाल,त्यसको संगित सायदै अन्त भेटिन्न । कन्चन पानीमा घुमिरहेका माछा देख्दा मन यसै पुलकित हुन पुग्छ । बिहान पुग्दा हल्का हरियो रङ र गम्भिर जस्तो लाग्ने रारा दिउसो पुरै निलोमा परिवर्तन हुदै छालको संगितले मन व्याकुल बनाउछ । गोधुली साझमा पहेलो देखिने रारालाई बोकेर घर आउ जस्तो भान हुन्छ ।
बि.स.२०२० सालमा तत्कालिन राजा महेन्द्रले लेखेका रहेछन ‘हे दैव अहो के खनायौ यसमा राराकी अप्सरा’ । मलाइ झट्ट दिमागमा आयो महाकवि देवकोटा त आएनन होला रारा, आएका भए के लेख्थे होला राराको बारेमा । अहिले पनि त्यै सोच आइरहन्छ , जव आफुलाई असाध्यै मन परेको कुरा पाउदा त्यसलाई यति राम्रो भनेर कुनै उपमा दिन नसकिदो रहेछ । दाज्न नसकिदो रहेछ । त्यसैले त रारालाई कुनै उपमा बिनै प्रस्तुत गर्दैछु ।
प्रकृतिको अनुपम छटा रारा आएर शब्दका लहर नफैलाउने सायदै मान्छे होलान । शब्द, क्यामरा त के जीवनभरी नै राराको छेउमा बसिरहदा पनि भोक मेट्न सकिदैन रारासँगको । राती टेन्टबाट बिउझिएर रााराको आवाज चियो मार्दै सुन्दा फेरि निदाउन हम्मे पर्छ ।
राराको सुन्दरताको बयान गर्दै गर्दा बाटामा भेटिएका ती विभिन्न जिजिविसा च्यापेर कर्णालीको विकट गाउमा रहने मान्छेहरु प्रति, तिनिहरुको दैनिक जिवन प्रति काठमान्डौका आलेशान महलमा साँझ साझ चिर्यसका गित गाउनेहरु, राज्यसत्ताका ठेकेदारहरुले यहाका मान्छेहरुका जीवनशैली सहज बनाउने तर्फ अलिकति सोचिदिए प्रकृतीमात्र नभइ मानब पनि सुखि र सुन्दर हुने थिए ।
२०७३ कार्तिक ९ गते