धादिङ कात्तिक ८-
नरेन्द्र श्रेष्ठ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा निर्वाचित भएका छन् ।
आज काठमाडौंमा भएको एन्फाको १५ औं साधारणसभाले श्रेष्ठलाई निर्वाचित गरेको हो ।
एन्फाका ६७ प्रतिनिधिले सहभागिता जनाएको निर्वाचनमा श्रेष्ठले ३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी कर्माछिरिङ शेर्पाले ३१ मतमात्र ल्याए ।एन्फाको इतिहासमा पहिलोपटक अध्यक्षका लागि भएको निर्वाचनमा विजयी भएसँगै एक वर्षसम्म कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नरेन्द्र श्रेष्ठले सबै फुटबलकर्मीहरुलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै, उपाध्यक्षमा मणि कुँवर विजयी भएका छन् । कुँवरले ३४ मत प्राप्त गर्दा निकटतम् प्रतिद्धन्द्धी दीपक खातीले २५ मत प्राप्त गरे । त्यस्तै, उपेन्द्रमान सिंहले ८ मतमात्र ल्याए ।
कुँवर श्रेष्ठको प्यानलबाट तथा खाती शेर्पाको प्यानलबाट उठ्दा सिंहले भने स्वतन्त्र उम्मेदवारी दिएका थिए ।