नानी-बाबुलाई नजिकको स्वस्थ्य केन्द्र लानु भयो ?

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ५, २०७३

सरगम राना,  धादिङ कात्तिक ५ । जिल्लामा पोषण सप्ताह चलि रहेको छ ६ महिना देखि ५९ महिनाका बालबालिका भिटामिन र जुकाको औषधी खुवाउने अभियान सकिन अब २ दिन बाँकी रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यलय धादिङको आयोजना र युनिसेफ नेपालको सहयोगमा जिल्लामा भिटामिन र जुकाको औषधी खुवाउने पोषण सप्ताह अभियान सुरु गरेको हो । यस अभियानका क्रममा ६ महिना सम्मका सुत्केरी महिलाहरुको पोषण अवस्था लेखाजोखा गरिदै आएको छ ।

आफ्नो नजिकका स्वस्थ्य केन्द्रमा कात्तिक १ गते देखि सुरुभएको पोषण सप्ताह कार्यक्रममा ७ गते सम्म संचालन हुने छ । बालबालिकालाई बालभिटा र जुकाको औषधी वितरण र कुपोषणको चेक जाँच सजिलो होस् भन्ने हेतुले जिल्लाका सबै स्वास्थ्य केन्द्रमा यो अभियान संचालन भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका विष्णु रिजालले बताउनु भयो ।

पोषण स्वास्थ्य तथा विकासको एक मुख्य आधार राम्रो पोषण भनेको रोग प्रतिरोधात्मक क्षमता वलियो, कम रोग र सवै उमेरका मानिसहरू स्वस्थ हुनु हो । पोषित बालबालिकाहरू वलिया र गरीवी संजाल तोड्नमा सफल मानिन्छन् । नेपालमा गरीवीको एउटा प्रमुख कारण कुपोषण पनि रहेको छ । संसारमा एक तिहाई बालबालिकाहरू कुपोषणको कारणवाट मर्ने गरेको तथ्याङक रहेको छ । संसारमा जति पनि रोगहरू छन् ति मध्ये धेरैको कारक कुपोषण पनि पर्दछन् ।

नेपालमा पाँच वर्षमुनिका बालबालिकाहरूमध्ये झण्डै आधा संख्यामा बालबालिकाहरू कुपोषणबाट ग्रसित रहेका छन्। कुपोषण प्रोटिन शक्ति कुपोषण, आयोडिनको कमी, भिटामिन ए कमी र आइरनको कमीको कारणले लाग्ने गर्दछ । फोटोः Kems Chaudhary