धादिङ, असोज २५ । आइसीसी विश्वकप क्रिकेट २०१७ को एसीयाली छनौटमा चीनलाई २० रनले हराएको छ ।
यसअघिका दुई खेलमा लगातार पराजित नेपालले आज चीनलाई हराउदै विश्वकप छनौट खेल्ने सम्भावना चीजलाई हराउँदै जिवितै राखेको हो । नेपालले तेस्रो खेलबाट २ अंक जोडन सफल भयो तर चीन भने अंक बिहिन बनेको छ ।
आजै भएको अर्को खेलमा हङकङलाई १७ रनले हराउदै थाईल्याण्ड ६ अंकमा शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतियोगिता अन्तरगत आफ्नो तेस्रो खेलमा सुधारिएको ब्याटिङ गरेको नेपालले कसिलो बलिङमा गरेको थियो । ९६ रनको लक्ष्य पछ्याएको चीनका ब्याट्सवुमन नेपाली वलर सामु निरिह देखिएका थिए ।
चीनले निर्धा्रित ओभरमा ८ विकेट गुमाएर ७५ रन मात्र जोड्न सक्यो । सीता राना मगर, सरिता मगर र सवनम राइले २–२ तथा इन्दु बर्माले एक विकेट लिईन् ।
यसअघि हङकङको कोउलुन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो । ईनिङकै अन्तिम वलमा बोल्ड हुनु अघि नेरी थापाले सर्वा्धिक ३७ रन बनाईन् । ४२ वलको सामना गरेकी नेरीले २ छक्का र २ चौका प्रहार गरिन् ।
यस्तै निर्मला कुमारी शाहीले १४ र ज्योती पाण्डेले १० रन बनाईन् ।
नेरी थापा र ज्योती पाण्डेले पांचौ विकेटका लागि ३५ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफल तयार पार्न सफल भयो ।
ली यीङ–यीङले ५ विकेट लिईन् । चिनियाँ वलरले १५ रन अतिरिक्त दिएका थिए ।
डवल राउण्ड रोबिनका आधारमा जारी प्रतियोगिता अन्तरगत आफ्नो चौथो खेलमा नेपालले पर्सि हङकङसंग खेल्नेछ ।