धादिङका युवा नेता राजु नेपालको संस्मरण

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १८, २०७३

 

म अलि सानो नि थिए, अलि बुझ्न सक्ने पनि भैसकेको थिइन।म मा ठूलो जोश थियो, बढी क्रान्तिकारिता पनि थियो । स्कुल लेभलमा पढ्दा देखि नै केही राजनिती मेरो दिमागमा घुसेको थियो । बिद्यार्थी संगठनको स्कुल लेभलमा म संगठित पनि थिय ।  एस.एल सि दिए पछि म घर गए ।सायद त्यो माघ २७/२८ गते हुदो हो । जनयुद्धको घोषणको अन्तिम प्रहर रेछ, हामी दाजु भाइले मध्य रातमा जनयुद्ध सुरु भएको ठूलो पोस्टर गाउँ भरी टाँसियो ।

फागुनको पहिलो हप्ता जस्तो लाग्छ म मेरो दिदिको घर निलकण्ठ साखुमा कुनै काम परेकोले आएको थिय बेलुका 4 बजे तिर ९/१० जना पुलिसहरु बन्दुक बोकेर सडक सडक हिडेको देखे ।

अन्दाजी फागुन महिनाको अन्त तिर जस्तो लाग्छ एक दिन बुद्धिलाल सरले मार्पाक सम्म एक जना साथी सग जानू पर्यो भन्नू भो, मैले हुन्छ भन्दिए । माने डाडा, सेल्ले हुँदै हामी मार्पाक माउत पुगेर बिच्छी सरको घरमा कफी खान पुगेउ, बेलुका पोल्चेतमा राम कृष्ण सरको कोठामा बसेउ जस्तो नि लाछ तर याद भएन।भोलि पल्ट बेलुका हामी बोराङमा रमेश सरको घरमा बस्न पुगेउ।रात परिसकेको थियो हामी घर भित्र पसेउ र अस्ति आको मान्छे भनेउ । दुखको कुरा रमेश सरले पछि आत्महत्या गर्नु भएछ । त्यो कुरा मैले ०६३ सालमा धादिङ आए पछि थाहा पाए । सारै नरमाइलो लाग्यो।

भोलि पल्टै म त्यही मार्पाक स्कुल हुँदै माउत हुँदै सेल्ले निस्किएर घर आए । त्यो यात्रा मेरो जिबनमा नयाँ थियो । एक जना मैले कहिले नदेखेका नचिनेका नेता सग मलाइ ती मान्छे नेता रेछ्न भन्ने कुरा धेरै पछि मात्र थाहा भयो । मान्छे अलि दुप्ला थिए , धुवाकोट देखि मार्पाक सम्मको हाम्रो यात्रामा नै मैले केही कुरा अलि बुझ्न पाए । लगभग केही बाटो हिडे पछि मैले नाम सोधे हजुरको नाम के हो ? उहाले वसन्त भने । दर्शन, राजनिती बडो राम्रो गरि बुझाए, मेरो त्यति बेलाको चेतना अनुरुप मैले केही बुझे ।
एस.एल.सि. रिजल्ट आयो म सामान्य त पहिलो श्रेणिम पास भएछु।पहिलो श्रेणिमा एस.एल.सि पास गर्नु नि त्यति बेला ठूलो गौरब हुन्थ्यो। म एक्लै साइन्स पढन भनेर काठमाडौ गए । अचम्म लाग्छ त्यति बेला मैले कहिले नगएको साथिको कोठा सोध्दै पत्ता लगाएर पुगे । बेलुका 5 बजे खुसिबुको टाउन प्लानिङमा इश्वर श्रेष्ठको कोठामा पुगे ।

लगभग १५ दिन बसेर अस्कलमा इन्ट्रान्स दिएर म घर फर्के ।  सायद ४/५ दिन घर बसेर म साउनको २२/२३ मा काठमाडौ फर्के । अस्कलमा रिजल्ट आइसकेको रेछ । म पास भएछु खुसी लाग्यो । साइन्स पढेर इन्जिनियर बन्ने त मेरो धोको छ्दै थियो । अनि साउन २५ गते भर्ना भए अस्कलमा ।

जनयुद्धले अलि गति लिदै थियो, पश्चिम पहाड तिर मान्छे मार्न सरकरले थाली सकेको थियो । त्यसलाइ अलि बैधानिक हिसाबले बिरोध गर्न भक्तबहादुर बा को नेतृत्वमा एउटा संयुक्त रास्ट्रीय जनाअन्दोलन भन्ने कमिटी पनि भखर बनेको थियो । त्यही समितिले भदौ ५ गते उपत्यका बन्दको आयोजना गरेको थियो । त्यस्लाइ हरतरहले सफल बनाउनु नै थियो । त्यही सिलसिलामा भदौ ३ गते रन्जना गल्ली बाट मलाइ सिभिल ड्रेसका पुलिसले पक्रीए । पक्राउ पर्नेमा हामी ३/४ जना नै थियौं ।

प्रसंग न.१
जनयुद्ध सुरु भैसकेको थियो,पुर्ब पश्चिम तिर भिन्न भिन्न ढंगका कार्बाहीहरु भएका समाचारहरु रेडियोले भन्न थालिसकेको थियो।म नि खुब चाख लिएर सुन्थे, त्यति बेला अहिले जस्तो संचार थिएन । एफ एम, टिभीको त थाहा नि थिएन । सबै रेडियो नेपाल सुन्थे ।
एक दिन अचानक गाउमा पुलिस आएको हल्ला चलेछ, मलाइ त थाहा थियन । मेरो घर अलि गाउको एकान्तमा पनि पर्छ । बेलुका साझ हुन लागेको थियो गाउकै एक जना दाजु दौडिएर आउनु भयो । उहाँ स्थानीय कार्यकर्ता थिए । मेरो छेउमा आएर भन्नू भो, गाउमा पुलिस आइसक्यो रे पुस्प सर तल खेतमा झर्नु भएको छ, तपाइले गएर खाल्टे पुर्याउनु पर्यो । नेताको रक्षा गर्नु पर्छ । तपाईं गइहाल्नोस त । अब मलाइ फसाद पर्यो । बेलुका घाम अस्ताइसकेको छ, खाना खाको छैन,  भोकै छु के गरु के गरु भो ।

तल पलाखु खेत दौडिएर झरे पुस्प सर कुरि रहनु भएको रेछ, भेटे हात मिलाए । म फुच्छे थिए बुढाले माया नि गर्थे । म नि सुरु देखि नै पुस्प सर र मोहन कार्की सग अलि बढी नजिक थिए । अब हाम्रो यात्रा सुरु भो, धुवाकोट 5 सानो खरबारी हुँदै खाल्टेको । खोलाबाट 25 मिनेट जति हिडे पछि 4/5 वटा मात्र घर भएको सानो खरबारीमा पुगेउ । राम दाइ अलि सहयोगी थिए, एक छिन बसेउ पानी खायौं ।यसो परिस्थिति बुझेउ । बस्ने कि भनेर नि यसो सल्ला गरेउ तर केही बेरको आराम पछि त्यहा बाट उकालो लागेउ।करिब करिब बेलुका ७.३० बजिसकेको छ ।

सानो खरबारीबाटै माथी डाडामा पुग्न दिउँसो त १ घण्टा भन्दा बढी लाग्छ । अब हाम्रो रातको यात्रा,फेरि राती 8 बजिसकेको छ, तै पनि उकालो चडेउ, पुरै उन्युउ घारे हो त्यो ।बाटो बिराउदा फेरि खोज्दै गर्दै गर्दा माथी डाडामा पुग्दा १० बजि हाल्यो । डाडामा पुगेर एक छिन आराम गरेउ अनि लागेउ फेरि, चिसापानी डाडा बसाहा हुँदै फ्याक्से पुग्दा रातको २ बजेछ, फ्याक्सेमा शम्भु सरको घरमा गयौं । मान्छे उठाएर सुतेउ । भोलि पल्ट बिउझिदा घाम लागिसकेको थियो । म चाहिँ सर सग बिदा भएर बिहान ८ बजे तिर खाल्टेको पात्ले हुँदै धादिङ निस्किएर फेरि धुवाकोट गए ।

प्रसंग न.२
२४ दिनको पुसिल हिरासतको बसाइ पछि सिडियो कार्यलयले हामीलाई जनही १० हजारको धरौटी तोक्यो । अब मैले १० हजार धरौटी बुझाउन सक्नी अबस्था थिएन । साथी प्रेम गुरुङ धरौटी बुझाएर छुट्नु भो, म रमेश श्रेष्ठ, धनबहादुर मगर पत्रकार, सन्त नेपाली चाहिँ जेल चलान गर्यो । हामी पुलिस हिरासतको त्यो अत्यास लाग्दो ठाउँ भन्दा जेल नै ठिक भनेर खुसी हुँदै जेल गयौ । हामिलाइ पहिला डिल्लीबजारमा रहेको चार खाल जेलमा लग्यो । जेलमा लग्दा बेलुका भैसकेको थियो । जेल भित्र अनौठो ब्याबस्था हुदो रेछ।चौकिदार, भाइ नाइके, नम्बर नाइके भाइ नाइके । सुरुमै माओबादी भने पछि त पुलिसले हैन चौकिदारले खुब थर्कायो । जेलमा पुगे पछि बिहान बेलुका हाम्रो नियमित डिउटी चर्पी सफा गर्नु हुन्थ्यो ।

चारखाल बन्दी गृह सानो थियो, धेरै बन्दिहरुलाइ कोचेर एउटै कोठामा राख्थ्यो।सुत्न असजिलो थियो तर सबै बन्दी भएकोले मिलेर सुत्थ्यौ,  हामी त राज्य विरुद्धको अपराध गरेको भनेर गैर बन्दी सग बोल्न नि दिदैन थियोे । लगभग हामी २ हप्ताको बसाइ पछि हामिलाइ भद्र बन्दी गृहमा सरुवा गर्यो ।

भद्रबन्दी गृहमा बेलुका ४ बजे तिर पुर्याएको थियो । जेल भित्र पुर्याएपछी जुँगा भएको मोटो मोटि मान्छे आयो र हामिलाइ लहरै राख्यो । यी साला माओवादी यिनिहरु माओबादी हुन, जा तातो पानी तता डुबाउनु पर्छ भन्दै थर्कायो ।

म त दंग परे भखरको मान्छे तातो पानीमा डुबाउनु पो भन्छ त । पछि बुझेको हामिलाइ थर्काको रेछ।त्यो थर्काउने अरु कोहि नभएर भद्रबन्दी गृहको चौकिदार अर्जुन के.सि पो रेछ । भोलि पल्ट थाहा भो, रोल्पामा सभापती भैसक्नु भएको झक्कु सुवेदी नि त्यही हुनुहुदो रेछ । मलाइ सारै खुसी लाग्यो,मैले सम्झे २०५२ साल मंसिर २२ गतेको काठमाडौँ खुल्ला मंन्चमा जोडदार भाषण गरेको । अर्का जनयुद्धको सुरुमै दोलखाको जिलेटिन काण्डका नायक पुर्णबहादुर खड्का र हेम श्रेष्ठ । लगभग माओवादी मुद्दाका १०/१२ जना जति रेछन ।

तर बिडम्बना माओवादी बन्दी बिचमा कुरा कानी गर्न भेटघाट गर्न नदिदो रेछ। मलाइ सुरुमै झक्कु सुवेदी सग भेट गर्न मन लाग्यो र भेटे।भेटेको बेलुका नै मलाइ चौकिदारले कोठामा लगेर कालो पाइपले पिट्यो, सारै थर्कायो । म नि के कम भोलि पल्टै झक्कु सुबेदिलाइ भन्दिए । पछि झक्कु सुवेदी सग कुरा गर्ने छुट मलाइ चाहिँ दियो । सायद झक्कुजी ले चौकिदारलाइ केही भन्नू भो होला । म सारै सानो फुच्छे थिए । बुढाले कुरा मिलाए होलान । पछि साथी रमेश लाई पछि थर्काएछ ।

प्रसंग ३
लगभग २ महिना भन्दा बढीको हिरासत र जेल बसाइ पछि म दशैं नजिक छुटे।सायद मलाइ धरौटी बुझाएर छुटाएका होलान।मलाइ जेलमा लिन दाइ र कुमार दाहाल जानू भएको थियो।बाहिर आउदा अलि अबेला भैसकेको थियो।हामी दाजु भाइ शुरुमा म आफ्नै बस्ने खुसिबुको कोठामा आयौं । साथी इश्वर दशैको बिदाको कारण घर गैसकेका रेछ्न।म सग कोठाको चाबी थिएन । हामी दुई दाजु भाइ गाउँ कै स्कुलका पुर्ब प्रअ मेरा नि गुरु दाजुलाई नि पढाएका प्रशुराम सरको घरमा गएर बस्यौं ।

भोलि पल्ट सबेरै हामी दशै मनाउन गाउको यात्रामा लाग्यौं, त्यतिबेला अहिले जस्तो हाम्रो गाउमा बसको सुबिधा थिएन, हिडेरै जानू पर्थ्यो। दशैंको बेला भएकोले धादिङबाट चिउरा, लगाएत दशैं सामाग्री बोकेर घर लाग्यौं । त्यति बेला सम्म हाम्रा गाउका मान्छे नुन, तेल, मट्टीतेल सबैकुरा किन्न धादिङ बजार नै आउने चलन थियो ।

गाउँमा पुगेको केही दिन मात्र भएको थियो ,सायद दशैं सकिएको नि थिएन, अलि खान मन नलाग्ने भो, मासु खाए पछि मोइ टन्न खान्थे तर पनि पेट अलि असजिलो भैरहयो । पछि अलि बिचार गरेको त जन्डिस पो भएछ ।

अब फसाद पर्यो,  दशै नसकिदै जन्डिस अनि त न मासु खान हुने न अरु, सुद्द जाउलो त्यै पनि नुन नहाली । मलाइ त जेलको खाना पानीले जन्डिस संक्रमण भैसकेको रेछ।जेल भित्र पानीको समस्य थियो । त्यो म जेलबाट छुटेर घर पुगे पछि देखि हाल्यो।लगभग १ महिना भन्दा बढी उखु अनि धेरै पानी पिउने गरे । त्यो साल मैले तिहारको रोटी र दिदिहरुले लेराइदिएको खाने कुरा खाने चान्स थिएन र खाइन पनि ।

तिहार पछि मंसिरमा म फेरि काठमाडौ हानिए । अब के गर्ने खुल्दुली थियो मनमा!काठमाडौ आइपुगेको भोलि पल्ट म बिद्यार्थी कार्यलय गए।मलाइ सबैले चिन्दैन थिए।तर जेल परेर भखर निस्किएर घर गएर फर्केर आएकोले सबैले चिनजान गरे । पुस महिनामा बेनोज अधिकारीले तपाइले पार्टीमा पुर्णकालिन बन्न पर्यो भने ।

पहिलो चोटि ने.क.पा(माओवादी )को पार्टी सदस्यता फाराम भराए । अब म औपचारिक रुपमा माओबादीको सदस्याता बने । अनि मलाइ अखिल क्रान्तिकारी स्कुल जिल्ला कमिटीमा राखे । पछि म अखिल कान्तिकारी स्कुल जिल्ला कमिटीको सचिब हुँदै काठमाडौ जिल्ला सचिब भए ।

म स्कुल जिल्ला कमिटीको सचिब हुदा मेरा अध्यक्ष थिए, सिन्धुली घर भएका कबिन्द्र गौतम । अहिले सिन्धुली तिरा गणित बिषयका शिक्षक छ्न । मान्छे बाठा तगडा हुन तर किन हो कुन्नी २०५५ साल पछि राजनिती गरेरन।हिजो आज भेट्न मन छ तर मिलेको छैन।एक पटक फोन गरे ।

म क्याम्पस त सधै जान्थे, धेरै पढाइ छुटेकोले अलि गाह्राे भैरहेको थियो।कोचिङ पढ्न पैसा थिएन।फेरि माघ लागे पछि स्वबियुको चुनाब लागि हाल्यो के पढने ? अखिल कान्तिकारीले फागुनको पहिलो हप्ता तिर ल क्याम्पसमा स्वबियुमा को को कुन कुन क्याम्पसमा उठने भनेर छ्लफल राख्यो।हाम्रो क्याम्पसमा शुबर्ण गिरी सभापतिमा उठाउने कुरा भो । उपसभापतिमा नारायण श्रेष्ठ, सायद सचिबमा धुर्बमित्र हुनु पर्छ । दिपक देबकोटा नि उठनु भयो।म उठिन, सबै उम्मेदवारको नाम पनि अहिले बिर्सिए । अहिले त शुबर्णजी क्यानडा हुनुहुन्छ, आजकल नि फोन हुन्छ मलाइ मन पर्ने मान्छे हुन ।

सोझा इमान्दार दुख गर्न सक्ने क्षमाता भएका छ्न । नारायणजी अहिले अमेरिका तिर पढ्दै हुनुहुन्छ, अस्ति एक महिना अघि आउदा नि भेट भो, नारायण जी नचिन्ने नेपाली कम छ्न होला । साझा सवालले उहालाइ हिट बनायो । मीठो स्वरका धनी छन । धुर्ब मित्र राजनिती गरेको भए ठूलो नेता बन्थे, खै के मिलेन स्वबियुको चुनाब पछि बिस्तारै राजनितीबाट बाहिर गए । अहिले ठमेलमा सानो ब्याबसाय चलाएर बसेका छ्न । त्यति बेला नि भाषण खुब गर्न जानेका थिए ।

त्यति बेलाको कुरा गर्दा दिपक देबकोटा अहिले नि सक्रिय राजनितिमा हुनु हुन्छ, माओबादी केन्द्रको पोलिट ब्युरोमा सदस्य हुनुहुन्छ ।सैद्धान्तिक क्षमता राम्रो भएको मान्छे हो दिपक पनि । ठ्याक्कै स्वबियुको चुनाब लाग्यो,उम्मेदवारी दर्ता भो । हामी त अलि कमजोर नै थियो । एमाले अखिल बलियो र अलि उदण्ड थियो ।काङ्ग्रेस निकट बिद्यार्थी नेता अलि राम्रा थिय।मलाइ नि मन पर्ने।प्रदिप पौडेल अहिले काङ्ग्रेस केन्द्रिय सदस्यमा राम्रो भोट लेराएर जिते।एमालेका प्रीतीसागर खत्री थिय । अहिले यी एमालेका प्रीतिसागर कता छ्न थाहा छैन । आजकल त नाम नि सुनेको छैन ।

चुनाब भो बेलुका भोट गनियो।एमालेका प्रीतिसागरलाइ काङ्ग्रेसका प्रदिप पौडेलले १ भोटले जिते।अरु सबै एमाले अखिलको आयो।हामीले १०० हारा हारी मत लेरायौं, त्यो राम्रै थियो । उदण्ड एमाले अखिलले प्रदिपलाई कहिले पनि आउन दिएन । सभापति जिते पनि काम गर्न पाएनन । उनी त्रिचन्द्र क्याम्पस पलाएन भए।एमाले भन्ने जात यस्तै छ आफू शक्तिशाली भए पछि अरुको अस्तित्व स्वीकार नै गर्दैन ।

प्रसंग ४
स्वबियु चुनाब सकिएपछी अलि फुर्सदिलो भइयो । मेरो अवस्था अलि कमजोर थियो । पैसा नभइ नहुने काठमाडौमा, म नेताहरु सग नि त्यति पैसा माग्न नि नसक्ने, अब के गर्ने त ? त्यति बेला भखर मकैको तेल बजारमा आएको थियो । त्रिपुरेस्वरमा त्यस्को अफिस थियो । त्यस्मा केही समय काम गरे । काम थियो झोलामा तेलको बोटल बोकेर घर घरमा सोध्दै बेच्नु पर्ने । पहिलो दिन त १० लिटर बेचे ।लगभग १ महिना त्यो काम गरे, पछि त्यो काम छोडेर सुन्धाराको एउटा पसलमा काम गरे । आर आर कम्प्लेक्स भन्ने थियो । ठूलो फेन्सि थियो । प्राय जिन्स कपडा थिए । तलब १५०० लिन्थे।लगभग २ महिना त्यसमा काम गरे, मुख्य साहु बुढा थिय मलाइ माया गर्थे ।बाहुनका छोरा भन्थे, ३ भाइ छोरा थिए । जेठाको नाम नि राजु थियो, मीत मीत भन्थ्यो।

माइलो छोरो अलि फरक थियो, लभ गरेको केटीले धोका दिई भनेर राती बिष सेवन गरेछ । २/३ दिन वीर अस्पतालमा कुरुवा पनि बसे , कान्छो अली राम्रो थियो । धेरै बर्ष भो म भेट्न गाको छैन।यो २०५३ चैत देखि ०५४ असार सम्मको कुरा हो । जता काम गरे पनि विद्यार्थी कार्यलयमा दिनको एक पटक पुग्नै पर्थ्यो । बिहान नि जान्थे बेलुका नि जान्थे । कलेज जान्थे तर मेरो जिम्मा स्कुलमा थियो।मैले त्यति बेला स्कुल जिल्ला कमिटीको जिम्मा लिएको थिए । कबिन्द्र नि मेरो नेता थिए।स्कुलमा संगठन बनाउदै हिडेउ।झोर सांग्ला फुटुङ तिर नन्द तिवारी र कुमार दाहाल सग पार्टीको अभियानमा पनि हिडे । त्यो साल पनि दशैमा घर आएपछि फर्किए, मंसिरमा बिद्यार्थीको रास्ट्रीय सम्मेलन थियो, खुब खटियो ।

जनयुद्धले अलि बढी नै गति लिदै थियो, काठमाडौमा त त्यति कार्बाही भएका थिएनन । बाहिरको कारणले काठमाडौमा काम गर्न नि अलि गारो हुँदै थियो । हाम्रो त खुल्ला अफिस थियो । पुलिस आइरहने, अगाडिबाट पुलिस पस्दा पछाडीबाट भाग्थे म यत्तिकैमा बिद्यार्थीको रास्ट्रीय सम्मेलन आयो, सरस्वती क्याम्पसबाट जुलुस निकाल्ने घोषित कार्यक्रम थियो । जुलुस त निस्कियो त ठमेलमा पुगे पछि लाठीचार्ज गर्यो, धेरै बिद्यार्थी समात्यो।म नि पक्राउ परे दिनभरी दरबार मार्ग पुलिसमा राखी बेलुका छोडिदियो । बिद्यार्थी सम्मेलन सकियो कृष्णधोज अध्यक्ष हुनु भो सम्मेलम पछि क्याम्पस स्कुलमा भर्ना फी आन्दोलन, निजीकरण विरुद्धको आन्दोलन जोडले गरियो ।
२०५४ साल पुष पछि मैले औपचारिक रुपमा बिद्यार्थीको केन्द्रिय कार्यलय हेर्नू पर्ने भो मलाइ जिम्मा दिए अब मेरो फुल्ली डिउटी बिद्यार्थीको कार्यलय संचालन गर्नु पर्ने भो कार्यलयबाट 2/3 चोटी पुलिसले पक्रेर लग्यो ५/७ दिन राखेर छोडी दिन्थ्यो । २०५४ साल यसै गरि बित्यो, प्राय मेरो नाम जनादेश साप्ताहिकमा आइरहन्थ्यो किन कि म धेरै पक्राउ परिरहन्थे।

यत्तिकैमा २०५५ सालको दशै लाग्यो, ईश्वर म अनि मिलन भान्जा सगै बस्थ्यौं खुसिबुमा दशैमा सगै घर आइयो मिलन त बजार नै बस्थे ईश्वर र मेरो त घर नै नजिक भएकोले सगै घर आयौं, दशै मनाएर काठमाडौ फेरि फर्कियौ । हामी फर्केको केही दिन पछि हाम्रो कोठा पुलिसले छापा मार्यो, म इश्वोर अनि अर्को कोठामा रहनु भएका भिम थापालाई पक्रेर पुलिसले लग्यो ।
पुलिसले हाम्रो कोठामा छापा मार्दा म कोठामा त थिइन, अलि मौसम चिसो भएकोले छ्तमा बसेर बेलुकाको घाम ताप्दै थिए, पुलिसहरु प्राय सबै सिभिल ड्रेसमा आएका रहेछ्न । एक छिन पछि म तल झरे ढोकामा मोटो मोटो मान्छे उभिएको थियो । हाम्रो कोठा ग्राउन्ड फ्लोरमै थियो, मैले खासै को हो भनेर वास्ता गरिन । म सिधै कोठा भित्र जादा त मान्छे मान्छे छ्न, सुरुमा त दंग परे पछि थाहा पाए, हामी पुलिसको फन्दामा परिसकेको रहेछौ ।

पकाउ गरे पछि हामिलाइ हनुमान ढोकामा लग्यो।आखामा पुरै पट्टि बाध्यो।मलाई यस्तो कहिले नि गरेको थियन।म त अलि अलि बानी परिसकेको थिए।सधै समातेर बेलुका छोड्थ्यो या २/३ दिनमा छोड्थ्यो । फेरि आखामा पट्टी कहिले नि बाधेर राख्नी गरेको थियन । बेलुका छोडिहाल्छ भनेर सोचेको थिए तर ४/५ दिन भो आखामा पट्टी लगाउन छोडेन।पहिला अलि कम पिट्थ्यो यो पटक त बढी नै गर्यो, बिहान बेलुका दिउसो राती माथी लिएर जान्छ र पिट्छ त, पछि थाहा पायौं, हामी त किलो शेरा टु को पहिलो निशानामा परेको रेछौ त भ्यालीमा!!

साउन भदौमा मिलन नेपाली दण्डापाणी हामी भन्दा अगाडि पक्राउ परेका थिए । उहाँहरुको अबस्था सार्बजनिक गरेको थिएन, अब अलि डर लाग्यो के हो आँखा नि खोल्दैनन छोड्दा नि छोड्दैन बेपत्ता नै पार्छ कि जस्तो नि लाग्यो ।
तर हामिलाइ त्यस्तो गरेन ७ दिनको दिनमा काठमाडौको सिडियो उषा नेपालको नाममा चिठी आयो र सासू ऐन अन्तर्गत ३ महिनाको लागि जेल चलान गर्यो र म दोस्रो पटक जेल गए।यो पटक म केन्द्रिय कारागार चलान भए ।

प्रसंग ५
सासू ऐन अन्तर्गत म सिडिओको आदेशमा दोश्रो पटक जगन्नाथदेवल अबस्थित केन्द्रिय कारागार पुग्दा पहिलो पटक जेल बस्दा जस्तो असहज थिएन माओवादी आस्थाका बन्दिहरु धेरै भैसकेका रेछ्न । देब गुरुङ, रितबहादुर खड्का, सिन्धुपाल्चोक घर भएका भोला सापकोटा,प्रेम नेपाल, प्रेम सापकोटा, गणेश सापकोटा सुर्य दंगाल अनि गोरखा घर भएका हाल गोर्खा जिल्ला रेडक्रसका सभापति यदुबिलास भट्टराई, भुमी नारायण मल्ल लगाएत धेरै थिए।मोरङ घर भएका रोहित दाहाल, अनि झापा घर भएर त्रिभुवन बिश्वबिद्धालय पढ्ने के.सि सर पनि हुनुहुन्थ्यो । तर उहाहरु दुई जना जेलमा म भन्दा अगि पुग्नु भो पछि पुग्नु भो अलि याद भएन, के.सीजी त मेरो अनन्य मित्र अहिले सम्म हुनुहुन्छ, तर रोहित दाहाल सर सग पछि भेट भएको छैन ।
फेसबुकमा चाहिँ साथी छौं ।

दुखद कुरा त्यति बेला जेलमा सगै बसेका हामी कति त जनयुद्धमा सहिद भैसक्नु भयो । रितबहादुर खड्का, प्रेम नेपाल, प्रेम सापकोटा, गणेश सापकोटा सहिद भैसक्नु भो हाम्रो बिचमा हुनुहुन्न । रितबहादुरजी त सारै फरवार्ड हुनुहुन्थ्यो, २०५७ सालको दोस्रो रास्ट्रीय सम्मेलनबाटै पार्टीको केन्द्रिय सदस्य हुनु भयो । संकटकालको बिचमा उहालाइ सेनाले रौतहटमा हत्या गर्यो । त्यति बेला नि म तेस्रो पटक जेल परिसकेको थिय उहाको हत्याको खबर हामीले जेलमै सुनेका हौं ।

हामी जेलमा गएको केही दिन पछि महिला संगठनले एउटा कार्यक्रम राखेको रहेछ । कार्यक्रमबाट प्राय जसोलाइ समातेर पुलिसले हिरासतमा लिएर सबै जसोलाइ सासू ऐन अन्तर्गत मुद्दा लगाएर फेरि जेलमा लेरायो । अब त हामी लगभग ५० जना भन्दा बढी भयौं।हाम्रो आस्थाको बन्दिको बेग्लै मेष थियो । सबै साथिहरु मिलेर रुटिङ बनाएर पालै पालो खाना पकाउने नियम बनाएका थियौं, सारै रमाइलो आनन्द आउछ त्यो जिबन सम्झिदा पनि ।

फुर्सद हुदा समय मिलाएर कहिले देब गुरुङले कहिले रितबहादुरले हामिलाइ प्रशिक्षण दिन्थे।समसामयिक राजनिती, पार्टीको अबको रणनीति बारेमा प्राय सिनियर नेता भएकोले देब गुरुङले कुरा राख्थे।देब दाजु नि सैद्धान्तिक क्षमता राम्रो भएका इमान्दार नेता हुन पछि मन्त्री बन्दा नि म भेट्न गए ।

मिति ठ्याक्कै याद भएन एक दिन बिहानै जेलमा हल्ला खल्ला भयो म त उठेकै थिइन । के को हल्ला गर्छ्न भनेर पछि बुझ्न बाहिर ग्राउन्डमा आएपछि साथिहरुले सुनाए रितबहादुरजी अस्पतालबाट भाग्नु भो रे ! मलाइ त खुसी लाग्यो । भित्र भित्रै खुसी नि भएसके त म नि भाग्थे नि जस्तो लाग्यो तर त्यो त मेरो सपना मात्र त थियो रितबहादुर अस्पतालबाट भाग्नु भएको कुरा ३/४ दिन सम्म जेल भित्र ठूलो बिषय बन्यो । सायद अस्पताल सगै जाने उनलाइ कुर्न बस्ने पुलिस कार्बाहिमा परे होलान । हाम्रो जेल भित्रको दिनचार्या चेस खेल्नी लुडो खेल्ने यस्तै गरि बित्थ्यो । १० बजे पछि लाइबेरीमा जान्थे पत्रपत्रिका हेर्थे, कहिले काहीँ किताब पुस्तकालयबाट लेराउथे पनि तर मैले यो पटकको जेल जिबनमा खासै त्यति किताब पढिन ।

हामी जेल गएको तीन महिना हुन लागेको थियो, तीन महिना पछि कि फेरि नयाँ पुर्जी थमाउनु पर्थ्यो कि छोड्नु पर्थ्यो । अब के गर्ने हो भनेर सोझ्दा सोझ्दै एक दिन बेलुका मलाइ र भिमजीलाइ बाहिर गेट्मा बोलायो । हामी गयौं, तपाईंहरु रेडी हुनुहोस भन्यो । आएर साथिहरुलाइ भन्यौं, साथिहरुले के भन्ने हो र ? साथिहरु आएर राती नलैजानुस भने तर पुलिसले के मान्थ्यो र ? हामीलाइ बेलुका सात बजे जेलबाट बाहिर निकाल्यो र पुलिसको भ्यानमा राखेर हनुमानढोका लग्यो । त्यो रात हामी त्यही हनुमानढोकाको हिरासतमा बस्यौं ।
हनुमानढोकामा धेरै दिन राखेन हामिलाइ यो पल्ट।जेल पनि लगेन।हामी दुबै जनालाइ धादिङ पठाइदियो।काठमाडौमा समातेको मान्छेलाइ जिल्ला पठाउने थियन तर यो पटक पठायो, पुलिसको भ्यानमा बसेर धादिङ आइयो ।

त्यति बेलाका धादिङका प्रहरी प्रमुख रहेछ: राजबहादुर बिष्ट।एक नंबरको जड्याहा संन्की,कुनै बिबेक नभएको, हामी सग सोधपुछ गर्दा नि जाड खाएर गर्थ्यो।डिएस्पी जस्तो नि थिएन, खै जागिर पनि कसरी खाए होलान तिन्ले, तिनको मुखमा छाडा गालीका शब्द बाहेक अरु सुनिदैन थियो।महिला प्रहरीकै अगाडि छाडा बोल्थ्योm । महिला हिरासत कक्ष अगाडि गएर पिसाब गर्थ्यो भन्ने नि सुनियो, तर मैले चाहिँ देखिन । हामी दुई जनालाइ बिहान बेलुका पालै पालो सोधपुछ गर्थ्यो।यो क्रम लगभग ४/५ चल्यो।अलि अलि यातना त दियो नै।यातना अलि अलि दिनु त सामान्य नै हो।खास पुस्प बिक्रम,मोहन कार्की कता छ्न भन साले भन्थ्यो।प्राय यी दुई जनाको बारेमा सोधेर अलि बढी यातना दिन्थ्यो ।

हामी धादिङ हिरासतमा काठमाडौबाट लेराउदा मार्पाक घर भएका केशरी गुरु र अर्का एक जना नि थिए।तर हामीलाइ सगै राखेन ।हामी लेराएको भोलि पल्ट गुरुहरु छुट्नु भएको जस्तो लाग्छ । भिमजी र म धादिङ लेराएको ७ औं दिनको दिन दिउँसो चार बजे तिर छुट्यौं । बेलुका भैसकेको थियो म चाहिँ दिदिको घरमा बसे जस्तो लाग्छ।भिमजी त्यतै कतै बजारमा बस्नु भयो होला, तारिखमा छोडेको थियो हामीलाइ तर म पछि तारीख बोक्न गइन, भोलि पल्ट म धुवाकोट घर पुगे । आमालाई भेटे।गाउमा 3/4 दिन बसेर फेरि राजनितिक थलो आफ्नो कर्म क्षेत्र काठमाडौ फर्किए ।

प्रसंग ६
दोस्रो पटक म जेल परेर छुट्दा माघ लागिसकेको थियो, जेल म काठमाडौबाट परे छुट्दा म धादिङ प्रहरी कार्यलयबाट छुटे । धादिङ प्रहरी कार्यलयको नयाँ घर बनेको थिएन । पुरानो घर सानो र माटोले बनेको थियो, साना साना महिला र पुरुष थुनुवा कक्ष थिए । म घर गए र फर्किए, यो २०५५ साल माघ महिना थियो । काठमाडौ आए,पुरानो कोठा भान्जा मिलनले सारिसकेको थिए, साथी ईश्वर नि जेलबाट छुट्नु भएको थियो या थिएन मलाइ अहिले याद आएन । जे होस अब मेरो भान्जा सग सम्पर्क थिएन, त्यति बेला अहिले जस्तो मोबाइल, अनि फेसबुक थिएन । म सिधै भुरुङखेलको बिद्यार्थी कार्यलयमा गए।बेनोज सग भेट गरे।मेरो अबस्था जानकारी गरे।अब अझ कस्सिएर पोलिटिक्स गर्ने हाम्रो कुरा भयो, २/४ दिन घुमन्ते भए, संगठनकै साथी सग बस्थे ।

भान्जा मिलन डल्लु सर्नु भएको रहेछ, नयाँ कोठा पत्ता लगाए,त्यसपछि भने केही महिना फेरि भान्जा सग बसे।पैसाको फेरि समस्या पर्यो,खाने कुरा नहुने केही दिन नजिकै पसलबाट उधारो चामल लिएर लिन्थ्यौं।पछि बेनोज सग पैसा मागेर तिर्दिए, त्यति बेला त अहिले भन्दा धेरै सस्तो थियो १००० रुपियाले काफी दिन पुग्थ्यो।

लगभग १ महिना भान्जा सग सगै बसे पछि मैले भान्जा बस्न छोडीदिए, भिन्न भिन्न साथी सग बस्न थाले।सुरुमा केही महिना ताहाचल पढने केशर रिमाल सग बसे।उहाँ सग बस्न सजिलो पनि थियो । क्याम्पसको नेता हुनुहुन्थ्यो तर स्कुलमा शिक्षण पनि गर्नु हुन्थ्यो खान बस्न गारो हुदैन थियो । कहिले काहीँ पुर्बी ब्युरो कार्य क्षेत्र भएका साथिहरु नि आउनु हुन्थ्यो केशर सरका दाजु जिल्लाका नेता थिए ।दोलखा घर भए पनि ओखलढुंगा कार्य क्षेत्र थियो । हाम्रो कोठामा आउदा मैले धेरै किताब उपहार दिएर पठाउथे, केशबराजस्वराज रिमाल हो उहाको नाम, मान्छे राम्रा थिए, सबै भाइको नाम पछाडि राजस्वराज जोड्न लगाएका थिए, पछि केशब दाजुलाइ ओखलढुंगाको रंगेलिमा पुलिसले हत्या गर्यो ।

कोठामा अहिलेका काभ्रेका माओबादी केन्द्रका नेता दिनानाथ पनि कहिले काहीँ आउथे, पछि दिनेश शर्मा सगै समातिय र केही समय बेपत्ता बनायो । मेरो नियमित काम विद्यार्थीको कार्यलय संचलन गर्नु थियो।बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म म कार्यलयमै हुन्थे।एक दिन अकास्मात प्रहरी आयो भरत बुर्जा दाइ र म थियौं । अगाडि ढोकाबाट पुलिस पसिहाल्यो, हामी पछिल्लो ढोकाबाट भाग्यौं । सडकमा लामो समय लखेट्यो, तर समाउन सकेन।मलाइ लाग्यो भरत दाइ अलि मोटा थिए, पक्कै समायो बुढालाइ तर पछि बुझे भरत दाइले उम्कन सफल हुनु भएछ ।

०५६को सुरुवातबाट मलाइ इलाका सदस्य बनाएर थानकोट पठायो, मैले केही समय बलम्बु,थानकोट नैकाप दहचोक तिर बिद्यार्थीमा काम गरे।बलंबुमा हाम्रो कोठा थियो । सुरेश गौतम पनि सगै हुनुहुन्थ्यो, सुरेश गौतम र म सगै कोठामा बस्थ्यौं इलाकामा हामी म सुरेश गौतम, सुरेश श्रेष्ठ, रमेश रुपाखेती सर सेक्रेटरी रमेश श्रेष्ठ र इन्चार्ज मोति अ्मात्य दाइ हुनुहुन्थ्यो । म त्यो इलाकामा २०५६ कार्तिक मंसिर सम्म काम गरे ।

०५६ सालको साउनको सुरुमा म रोल्पा गए, मेरो साथमा हुनुहुन्थ्यो पत्रकार दाजु ओम शर्मा हामिलाइ लौजाने नेता थिए रोल्पा घोडागाउ बासी पत्रकार / नेता कुमार शाहा।म पुरै रोल्पा घुमे । हामी काठमाडौबाट नाइट बसमा दाङ गयौ,घोराही पुग्दा अलि अलि उज्यालो भएको थियो । त्यति बेला हामी सेनाको घोराहीको ब्यारेक अगि हुँदै रोल्पा प्रस्थान गर्यौं । अलि पर पुगे पछि दुई खोली भन्दो रेछ त्यही हुँदै मसिना पुग्यौं,त्यो रात हामी रोल्पाको धौलाबाङमा गएर बस्यौं भोलि पल्ट बिहानै उठेर बेलुका ४ बजे तिर रोल्पाको घोडागाउ पुगेर त्यो रात त्यही बस्यौं।

प्रसंग ७
घोडागाउ बसेको भोलि पल्ट हामी बिहानै हिड्यौ, घोडागाउ देखिको हाम्रो यात्राम म ॐम दाजु, कुमार सर बहेक अरु नयाँ लोकल कार्यकर्ताहरु पनि जोडिएका थिए । कुमार सरलाई राम्रो मान्थे त्यता मान्छे नि होचा होचा हसिलो स्वभावका कुमार सर पढेका राम्रो मान्छे हुन । लगभग अन्दाजी १० बजे तिर अलि सम्म खोलाको किनारमा रहेको एउटा बस्तिमा पुगेर हामिले खाना खायौं । हामी यात्राको बिच बिचमा पार्टी कार्यकर्ता, सहिद परिवार भेट्दै हिड्थेउ । खाना खाएर फेरि अगाडि बढ्यौं।लगभग 4 बजे माडिचौर पुग्यौं । माडिचौर बर्षमान पुनको घर भएको ठाउँ हो, यो कोटगाउ बिकास समितीमा पर्छ ।

हामी माडीचौर बसेनौ माडीचौरबाट पारी पट्टी गयौं, लगभग १ घन्टाको उकालो हिडाइ पश्चातमा बस्ने ठाउमा पुग्यौं । बेलुका दिपेन्द्र पुन अनि जिल्ला सेक्रेटरी पछि डिभिजन कमान्डर हुनुभएका किमबहादुर थापा(सुनिल) भेट्यौ । सुनिल पातलो अग्लो अनि मीठो बोल्ने राम्रो मान्छे हुनुहुन्थ्यो, सुनिल अहिले हुनुहुन्न सहिद भैसक्नु भएको छ दिपेन्द्र पुन अहिले पनि हुनुहुन्छ । उहाँ नि रोल्पाको चर्चित नेता हो।लामो समय विद्यार्थी राजनिती गरेर आउनु भएको हो । अहिले माओवादी केन्द्रको पोलिट ब्युरो तिर हुनुहुन्छ होला ।

हामी त्यहा 2 दिन जति बस्यौं, क्रान्ती जो सहिद हुनुहुन्थ्यो उहाको घरमा गयौं कान्तिजीको सबै परिवार सग भेटघाट गर्यौ स्थानिय पार्टी कार्यकर्ता सग छलफल गर्यौ अन्य सहिद परिवार सग नि भेटघाट भयो, ओम दाजु र म त खासमा रोल्पाको अबस्था बुझ्न त्यहाको रिपोर्टिङ गर्न गएका थियौं। ॐम दाजुले धेरै गर्नु भो, मैले जानेको पनि थिइन । केही लेखे पनि त्यति गरिन, खासमा मलाइ पत्रकारीता सग त्यति रुचि थिएन ।

त्यतिबेला दिपेन्द्रजी सग पुलिसको वाकिटकी थियो सायद कुनै प्रहरी चौकी कब्जा गर्दा लिएका होलान, त्यस्मा पुलिस बोलेको सुनिथ्यो ।
काठमाडौबाट पत्रकार आएको बेला प्रोग्राम गर्नु पर्छ भन्ने भएछ । ठुलो कार्यक्रमको तयारी गर्न पट्टी जिल्ला पार्टी लाग्यो, हामी चाहिँ जंकोटबाट थवाङ्को यात्रामा भोलि पल्ट लाग्यौं । माडीको किनारै किनार कोर्चावाङ हुँदै घर्ती गाउँ बसियो एक रात । घर्तिगाउ नि त्यति बेला खुब चर्चामा थियो । त्याहाको इलाका प्रहरी कार्यलय केही समय अघि मात्र जमुसेले कब्जा गरेको थियो । घर्तिगाउ बसेको भोलिपल्ट बिहानै फेरि हिडियो । इरिवाङ, मिरुल टु टु हुँदै हामी २/३ दिनमा थवाङ पुग्यौं, थवाङ जाने क्रममा रामकोटको उकालोको मलाइ खुब याद आउँछ, सारै लामो उकालो थियो त्यो ।

सुकिदह जहाँ पुलिसले घेरा बन्दी गरेर १०/१२ जना हाम्रा साथिहरुको हत्या गरेको थियो।हामी त्यसकै फेद हुँदै मिरुल पट्टी लागेको थियौ।सुकिदह एउटा डाडा रहेछ, त्यहा ट्रेडिङ रहेछ कतैबाट सुराकी पाएर घेरा बन्दी गरेर मारेको रहेछ, मलाइ पुरै यादा आएन, कुन ठाउबाट जोडिएका हुन एक जना नेपेरु भन्ने कमान्डर थिए, सारै स्मार्ट सुकिला कपडा लगाएका म अझै सम्झन्छु । मान्छे नि राम्रा दोस्रो बार्ताकालमा पोखरामा गुन्डाहरुले शक्त घाइते हुने गरि पिटे रे भन्ने चाहिँ सुनेको थिए तर आजकल मैले भेटेको छैन सायद ती बिदेश पलाएन भएका हुन सक्छ्न थवाङ जाने क्रममा हामी नेपेरुकै टीम सगै गएका थियौं ।

थवाङमा हामी पुग्दा पुलिसको ईलाका प्रहरी कार्यलय अझै थियो । हामी ठूलो गाउमा बसेनौं, सोझै अलि भित्रि गाउँ फुन्टिगाउमा गएर बस्यौं, फुन्टिवाङमा हामी 3/4 दिन नै बस्यौं, एक दिन थवाङको ठूलो गाउँ घुम्न आयौं । पारी पुलिस कार्यलय वारि हामी घुम्यौ बास्तवमै थवाङ सुन्दर रहेछ, बाटो सफा ढुङ्गा बिछ्याइएको, घर नि सफा सफा।बुढा बुढा मान्छेमा पनि पुरै राजनितिक चेतना राम्रो । पुराना बर्मान बुढा, अहिलेका सन्तोष बुढा त्यही थवाङ कै हुन । पंचायतकालमै जनमत संग्रह पुरै बहिस्कार गरेको यसको आफ्नै इतिहास छ, जनमत संग्रह बहिष्कार गरे बापत ठूलो सैनिक अप्रेशन बेहोरेको थियो जनयुद्धको सुरुवातमा पनि रोमियो अप्रेसन नामको आतंक जिल्ला भरी चलाएर तत्कालीन जनमोर्चा नजिकका कार्यकर्ताहरुको व्यापक गिरफ्तारी, झुट्टा मुद्दामा फसाएर जेल भरेको थियो ।
फुन्टिवाङमा नै पहिलो पटक ड्रेस वाला जनमुक्ती सेना देखे । हयान्ड ग्रीनेड बनाएको हेरे, यो मेरो लागि नौलो थियो त्यहा भब्य प्रोग्राम भयो, मास सहितको म त भाषण गर्न त्यति जन्दिन थिए । तर मैले नि 4/5 मीन.बोले मार्चपास गरे फुलमालाले स्वागत गरेका थिए, सबै जनता लहरमा उभिएर ।

प्रसंग ८
थवाङको फुन्टिवाङमा भब्य कार्यक्रम भयो, नजिकै पुलिस चौकी थियो तर तिनिहरु चुप लागे।पुलिसहरु निहु खोज्ने हैसियतमा थिएनन जस्तो लाग्यो । त्यो थवाङ लागायतको इलाका हेर्ने नेता थिय प्रताप ठेट खाम पहिरनमा हिड्थे अलि पाका जस्ता देखिन्थे, इमान्दर जस्ता देखिन्थे ।
फुन्टिवाङको कार्यक्रम सकेको भोलि पल्टै हामी बिहानै त्यहाबाट हिड्यौ । हाम्रो यात्रा थियो जेल्वाङ अथवा सहिद गाउँ तिर थवाङबाट जेल्वाङ जानू चानचुने कुरा थिएन,सिङ्गो जलजला पार गर्नु पर्थ्यो । रोल्पाको जलजला खुब चर्चित छ बिहानै हामी जलजलाको उकालो लाग्यौं, लगभग ६/७ घन्टाको हिडाइ पछि हामी जलजला हिमालको माथी डाडामा पुग्यौ ।

जनयुद्ध शुरु हुनु अधि त्यहा एउटा स्तम्भ बनाइएको रहेछ, स्तम्भको आफ्नै ईतिहास छ । रोल्पा रुकुमले जनयुद्ध पुर्ब सिज अभियान चलाएका थिए । अभियानको नाम नै सिस्ने हिमाल र जलजला पहाड मिलाएर राखेका थिए, स्तम्भमा एकछिन आराम गरेर बस्यौं । डाडो अलि अचम्मको रहेछ, कति पए ठाउँ अलि थलथल हल्लिने रहेछ । भबिष्यमा राम्रो पर्यटकिय ठाउँ बन्ने सम्भावना छ, हिउद महिनामा त्यो डाडा भरी हिउँ पर्छ रे, हिउदमा हामी हिडेको बाटो हिड्न सम्भव हुदैन हिउले भन्थे ।

अब हामी जलजलाको टुप्पोबाट तल झर्न थल्यौ, केही तल झरे पछि पानी पर्न थल्यो । साउनको महिना पानी पर्यो, अनि जुका त कति हो कति मलाइ बिहान उकालो चढ्न भन्दा अहिले ओरालो झर्न गाह्रो पो लाग्यो । बाटो नि अलि चिप्लो २/३ ठाउमा चिप्लिए, लगभग ६ बजि सक्यो अँध्यारो भैसक्यो गाउँ आउदैन, पानीले म त भिजिसके धन्न अलि मौसम गर्मी परेकोले चिसो भने लागेन, पानीले भिजे पछि जाडो त भयो नै । लगभग ७ बजे तिर हामी २/४ घर भएको ठाउँमा पुग्यौ । हामी सग हाम्रो रुट्गाड थिए, उनले त्यतै बसौ भने म त हिड्न सक्ने अबस्थामा पनि थिइन । मैले त त्यति लामो यात्र गरेको पनि थिइन घर भित्र पसे आगो फुक्यौ, मज्जाले आगो ताप्यौ ।घरबेटिले आटो पकाइ दिनु भो मजाले आटो खाए।यात्रको क्रममा प्राय आटो खाइन्थ्यो ।

त्यो दिनको आटो अलि विशेष नै लाग्यो मेरो लागि, किन सारो भोक लागेको थियो त्यो दिन । बिहान देखि हिडेको हिडै भएर पनि होला । थकाइ नि बढी थियो, हामी ९ बजे तिर सुत्यौ, बिहान उठदा उज्यालो भैसकेको थियो, बिहान ७ बजे तिर फेरि हाम्रो यात्रा सुरु भो बिहान लगभग २ घन्टा हिडे पछि जेलबाङ घर भएका सायद नेता नै होलान चन्द्रबहादुर नाम जस्तो लाग्छ । उहाको घर पुग्यौ।मिठो गरि कुखुरा काटेर खाना खुवाए मैले त्यति बोलिन ॐम दाजुले गफ धेरै गर्नु भो। म त हिडाइले नै खुब थाकेको थिए त्यति गफ गरिन।

हामी बिहानको खाना खाएर १ बजे तिर जस्तो लाग्छ फेरि हिड्यौ, लगभग २/३ घन्टाको हिडाइ पछि हामिले त्यो एरिया हेर्ने नेता भेट्यौं । त्यति बेलाका त्यो एरियाका नेता संजिबकुमार थिए जस्तो लाग्छ । बेलुका सगै बस्यौं,

प्रसंग ९
जेल्बाङको केही दिनको बसाइ पश्चात हामी अगाडि बड्यौ।हामी जेल्बाङबाट हिड्दा अलि दिउँसो भैसकेको थियो । हामी सग त्यो इलाका हेर्ने साथिहरु सगै हुनुहुन्थ्यो । ५/७ महिलाहरुले बन्दुक बोकेको पिक्चर पछि जो पछि चर्चित भो त्यो ॐ दाजुले जेल्बाङमै खिचेको जस्तो लाग्छ मलाइ ।
बेलुकी पख हामी क्वालीगाउँ पुग्यौं, क्वालीगाउँ गजुल गाबिसमा पर्छ।त्यतिबेला गजुलमा इलाका प्रहरी कार्यलय थियो । क्वालीगाउ इलाका प्रहरी कार्यलयको ठिक पारी पटी पर्दो रहेछ । रोल्पाका पुर्ब जिविस सभापति झक्कु सुवेदीको घर चाहिँ इलाका प्रहरी नजिकै रहेछ । बेलुका हामी क्वालिगाउ मै बस्यौं।प्रहरीहरु माओवादीले आक्रमण गर्छ्न भनेर होला,रातभरि कराइ रहे । स्थानीय जनताहरु कहिलेकाही पुलिसहरु रातभरि नाचगान गरेर बस्छ्न भन्थे, मलाइ भने अलि अलि डर लागिरहेको थियो, पारी पटि पुलिसको चौकी छ, आयो भने भन्ने नि लाग्यो, तर स्थानीय हाम्रा साथिहरुलाइ त्यस्को कुनै वास्तै थिएन।उनिहरुलाइ बानी परिसकेको थियो । खाना खाएर हामी सुत्यौ, राति भरी आयो आयो भन्दै पुलिस करायो, मलाइ चाहिँ खास निन्द्रा परेन ।
भोलि पल्ट उठ्यौ, चिया नास्ता खाएर हामी अझ अगाडी बड्यौ, अब हामी खाना खान धवाङ पुगेउ।खाना खाएर हामी हिडेउ, करिब ३ बजे दिउँसो तिर हामीले लिवाङ जाने मुख्य सडक रोड क्रस गर्यौ । लिवाङ जाने रोड क्रस गरेको ठाउँ जंगल थियो, ठाउँको नाम चाहिँ मैले बिर्सिए । अब हामी लिवाङ वारि वारि जंगल जंगल अगाडी गयौं, हामी हिडेको ठाउँबाट लिवाङ प्रस्टै देखिन्थ्यो । स्थानीय साथिले मलाइ त्यो सेनाको ब्यारेक, त्यो ग्राउन्ड भनेको अहिले जस्तो लाग्छ, मेरो दिमागमा अहिले पनि नाचिरहेको छ, लिवाङमा रहेको त्यतिबेलाको ब्यारेकको सेतो घर, बाटो जंगलको थियो घर भेटेका थिएनौं । बस्दै लिवाङ हेर्दै हिड्थ्यौ।अब अलि साझ पर्न आटिसकेको थियोे।बेलुका कता बस्ने हो मलाइ थाहा हुने कुरा भएन।रुड गाइड स्थानीय नेता छ्दै थिए । केही समयको हिडाइ पछि घरहरु आए, स्थानीय साथिहरुले त्यतै कुनै घरमा बस्न मिलाए, हामि त्यो रात त्यही बस्यौं । सायद त्यो लिवाङ गाबिस नै हुनु पर्छ, भोलिपल्ट बिहानै फेरि हिडेउ, अब चाहिँ मैले थाहा पाए हाम्रो यात्रा माडीचौर तिर सोझिदै छ भनेर । ……….लेखक नेपालले आफै मोवाईलमा टाईप गर्नुभएको यो संस्मरणमा केही भाषागत समस्या र अशुद्धदता रहेता पनि संस्मरण पठनिय भएकोले फेसबुकबाट उतारीएको हो ।क्रमस