अर्जुन धरेल,
भारत असोज १० । नेपाल भारत जन सम्पर्क समितिले नेपाली खेलाडइहरुलाई सम्मान गरेको छ ।
२०१६ सेप्टेम्बर २१ देखि २५ सम्म भारतको दिल्लीमामा भएको दक्षिण एशियाली कराते प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरुलाई नेपाल भारत जन सम्पर्क समितिले सम्मान गरेको हो ।
दिल्लीको तालकोरा स्टेडियममा भएको उक्त खेलमा नेपालले १० स्वर्ण, ६ रजत र १९ कास्य पदक जिति दितिय स्थान प्राप्त गरेको थियो ।
स्वर्ण पदक पाउनेमा
१. विमला तामाङ
२. नवीन रसाइली
३. रुपा महर्जन
४. राजीव पुडासैनी
५. मेलिना मगर
६. रवि तामाङ
७. सन्या खनाल
८. विभिष श्रेष्ठ
९. विजय श्रेष्ठ
१० अल्विना नगरकोटी
३९ जना खेलाडीले भाग लिएको टिममा रेफ्री, सह कोच, गरी १०६ जना सहभागि थिए ति सबैलाई जन सम्पर्क समितिले बधाई तथा धन्यावाद दिदै अध्यक्ष कृष्ण पाण्डेले नेपालमा भईरहेको अतुलनिय खेलकुद विकासको चर्चा गर्नु भएको थियो ।
त्यस्तै उपध्यक्ष अर्जुन धरेलले उपस्थित खेलाडी प्रशिक्षक, सह कोच लगायतलाई नेपाल भारत जन सम्पर्क समितिको तर्फबाट स्वागत मन्तव्य राख्नु भएको थियो ।