धादिङबेसी असोज ९ । आपतकालीन अबस्थामा गरिने पोषण सम्बन्धी पुनलार्भ तथा जिल्ला स्तरीय एक दिने समिक्षा गोष्ठी सम्पन भएको छ ।
धादिङ जिल्लामा पोषण भएका बिरामीहरुलाई न्युनिकरण गर्ने हिसाबले उक्त कार्यक्रमको आयोजना आज सम्पन्न भएको हो । पोषण सम्बन्धी विविध क्रियाकलाप तथा कार्यक्रमको अबस्था बारेमा जानकारी गराउनु र पोषण सम्बन्धी आई परेका समस्या तथा चुनौति पहिचान गरी समाधानका उपाय गर्ने कार्यक्रमको मुख्य उद्धेश्य रहेको थियो । बच्चा जन्मेको ६ महिना सम्मका बालबालिका र गर्भवती महिला तथा सुत्केरी महिलाहरुलाई यो रोग लाग्ने गर्दछ ।
किसानहरुले तरकारी बालीमा बिषादी प्रयोग गर्ने गरेकाले जिल्लामा बिरामीको चाप बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय धादिङका प्रमुख महेन्द्रराज कौडालले बताउनु भएको छ । बिषादी प्रयोग कै कारण धादिङ जिल्लामा खाद्यन्न क्षेत्रमामा चुनौतिको बिषय बन्दै गएको समेत बताउनु भयो । अर्को प्रसङगमा बोल्नु हुँदै कौडालले बढी तरकारी उत्पादन हुने जिल्ला भनेर धादिङलाई चिनिए पनि आगामी दिनहरुमा कथाको पात्र बन्न सक्ने सम्भावना रहेको बताउनु भयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका बरिष्ठ जनस्वास्थ्य अधिकृत जिवन कुमार मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा जिल्ला विकास समितिको कार्यालय धादिङका सामाजिक विकास अधिकृत बिनोद अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला अस्पताल धादिङका डाक्टर श्याम डोराली लगायत विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।