क्रिकेटर लामिछाने भन्छन्, ‘क्लार्कसँगको त्यो भेट‘

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २४, २०७३

काठमाडौं भाद्र २४ ।  सन्दीप लामिछाने–१६, नेपाली क्रिकेट टिमका उदाउँदा स्टार हुन् । लेग स्पिनर लामिछाने अहिले फेरी चर्चामा छन् ।

असट्रेलियन क्रिकेटर माइकल क्लार्कले आफ्नो एकेडेमीका लागि लामिछानेलाई बोलाएका छन् । उनले त्यहाँ पहिलो श्रेणीको क्लबस्तरीय पतियोगिता पनि खेल्नेछन् ।

गत मेमा हङकङमा भएको एक प्रतियोगिताको दौरान लामिछानेको खेलबाट क्लार्क प्रभावित भएका थिए । क्लार्कसँग त्यो भेटबारे यसरी भनेका छन् ।

गत मे २७ देखि २९ सम्म आयोजना भएको प्रतियोगितामा चार टालीले सहभागिता जनाएका थिए । मलाई क्लोलोन क्यान्ट्न्सले बोलाएको थियो । हङकङ उड्नु सात दिनअघि क्यान्ट्न्सको कप्तानी अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले गर्ने भएपछि थप उत्साहित बनें । किनकि, अस्ट्रेलियाका पूर्वकप्तानसँग खेल्न पाउनु मेरा लागि ठूलो अवसर थियो ।

हङकङ पुगेको दिन अर्को खुसी थपियने । क्ध्लार्क र म एउटै होटलमा बस्दै थियौं । उनी साँझतिर हङकङ आएपनि पहिलो दिन भेट भएन । भोलिपल्ट अभ्यासमा जानका लागि आयाजकले क्लार्क र मलाई एउटै गाडी उपलब्ध गराएको थियो ।

अभ्यासमा जाने क्रममा क्लार्कसँग पहिलो पटक गाडीमा भेट भयो । सामान्य परिचयपछि क्लार्कले म प्रति निकै चासोका साथ प्रश्न गर्न थाले ।

हामीले नम्बर तथा ट्वीटरमा एक–अर्कालाई फलो गर्यौं । ह्वाट्स एपमा पनि साथी बन्यौं । उनले मेरो बलिङ पोजिसन र उमेरबारे जिज्ञासा राखे ।

पहिलो दिनमै अभ्यास खेलमा क्लार्क मेरा खेलबाट प्रभावित भए । उनले मेरो खेल मन पराए । मेरो बलिङ एक्सनको प्रशंसा गर्दै उनले केही महत्वपूर्ण टिप्स दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।