धादिङ उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सुचना

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २३, २०७३

fncciआन्तरिक राजश्व कार्यालय, वाणिज्य विभाग तथा जिल्ला प्रसासन कार्यालय लगायत सम्वन्धीत निकायवाट अनुगमन कार्य तिव पारिएकोेले सम्पुर्ण व्यवसायीहरुलाई निम्नानुसारको कार्यका लागि ध्यानाकर्षण गराईन्छ ।

– सम्वन्धीत निकायमा दर्ता गरेर तथा इजाजत लिएर व्यवसायीक कारोवार शुरु गरौं ।
– मदिरा, सुर्तिजन्य पदार्थ कारोवार गर्नेहरुले अन्तःशुल्क इजाजत पत्र लिएपछिमात्र कारोवार गरौं ।
– व्यवसाय स्थलमा उपभोक्ताले देख्ने स्थानमा विक्री गर्ने सामानको मुल्य सुची, करपाटी तथा दर्ता प्रमाण पत्र अनिवार्य राखौं ।
– सामानको उपभोग गर्ने मिति हेरी उपभोग गर्न म्याद सकिएका सामानहरु विक्री नगरौं ।
– विल विजक लिने दिने वानी गरौं ।
– इष्टमेट विलको प्रयोग नगरौं ।
– भ्याटमा दर्ता हुनेहरुले खरिद, विक्री तथा स्टक खाता अध्यावधिक गर्रौ ।
– हरेक वर्षको असोज मसान्त भित्रमा आयकर तथा आयविवरण पेश गरौं ।

 

धादिङ उद्योग वाणिज्य संघ नीलकण्ठ न.पा. ३, धादिङ फोन नं- ०१०५२०१२०