जग्गाको लगतकट्टा विवरणको सूचना

Avatar photo
Dhadingpost
भदौ २०, २०७३

राष्ट्रिय ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम अन्तरगत स्तरोन्नती हुने धादिङबेसी देखि साँङ्कोष तिप्लिङ सडकको धादिङबेसी देखि किन्ताङफेदी सडक खण्डमा ०७२ जेष्ठ १९, ०७२ असार ८ र १४ गते मा आम सडक सरोकारवालाहरु तथा स्थानिय सडक उपभोक्ता समिति सँगको भेलाबाट सर्वसम्वत निर्णय भएअनुसार सडकको केन्द्र बिन्दुबाट बजार क्षेत्रमा दायाँ ३ मिटर र वाँया ३ मिटर जम्मा ६ मिटर र अन्य क्षेत्रमा ३.५ दायाँ र वायाँ ३.५ गरि जम्मा ७ मिटर सडकलाई सडक प्रभावित क्षेत्र कायम गर्नको लागि यो सुचना जारी गरिएको छ । पुरा सुचना हेर्न यो पिडिएफ फाईल डाउन लोड गर्नुहोला ।