धादिङबेसी भाद्र १६ । जिल्ला प्रशासन कार्यालय धादिङको अनुगमन टोलीले दर्ता नगरी संचालन आएका धादिङका ३ पोलिक्लिनिक तालाबन्धी गरिएको छ ।
पटक पटक कानुनी प्रक्रिया पुरा गरी संचालन गर्न अनुरोध गरिए पनि अटेर गरि दर्ता प्रोसेस नै अघि नबढाई संचालन गरिएको भन्दै अनुगमन टोलिने ति पोलिक्लिनिक हरुमा ताला बन्दी गरेको हो ।
धादिङबेशीको र पूथ्वी राजमार्गका विभिन्न १० ओटा पोलिक्लिनिक तथा अस्पतालहरुमा बुधबार अनुगमन गरिएको थियो । अनुगमनको क्रमम महादेवबेशी पोलिक्लिनिक, गल्छिमा रहेको आर एच पोलिक्लिनिक र निलकण्ठ नगरपालिका धादिङबेसीमा रहेको सृजनशिल पोलिक्लिनिक तालाबन्धी गरिएको थियो ।
जनस्वास्थ्य अधिकृत मोहन प्रसाद सुवेदीले जिल्ला स्वस्थ्य कार्यलायमा दर्ता नगराएका पोलिक्लिनिक हरुलाई बारम्बार दार्ता गराउनु आग्रह गर्दा पनि दर्ता नगराएको बताउनु भयो ।
अनुगमनमा खटिएका साहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले एउटा रोगको विशषज्ञले अन्य रोगहरुको पनि स्वास्थ्य परिक्षण गर्ने गरेको पाईएको अनुगमनको क्रममा बताउनु भएको थियोे ।