धादिङमा सुचना विभागको कार्ड बनाउन घुम्ती शिविर आउने

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १४, २०७३

उपरोक्त बिषयमा सुचना विभागको आयोजना र नेपाल पत्रकार महासघ जिल्ला समिति धादिङको ब्यवस्थापनमा निम्न मिति र स्थानमा सुचना विभागको कार्ड वितरण, नविकरण, टेलिफोन महशुल छुटको निवेदन लगायतका कार्यसम्पादनार्थ घुम्ती शिविरको आयोजना गरिएको हुँदा आफ्ना संचार सस्थामा कार्यरत पत्रकारहरुलाइ जानकारी गराइ उक्त शिविरमा सहभागी हुन यसै पत्रसाथ अनुरोध गरिन्छ ।

मिति: २०७३।०५।१६ विहीवार
समय: विहान ८ बजेदेखी ३ बजेसम्म
स्थान: नेपाल पत्रकार महासंघको हल धादिङवेशी
आवश्यक कागजपत्रहरु

पत्रपत्रिकाको हकमा
१ संचारमाद्ययमा कार्यरत संचारकर्मीहरुको दरवन्दी विवरण र संचारमाद्यय दर्ता प्रमाणपत्रसंग सम्वन्धीत कागजपत्रहरु
२ हालैप्रकाशित ३ अंक प्रत्रिका
३ न्युनतम पारिश्रमिक निर्धारण समितिले तोकेबमोजिमको नियुक्ती पत्र
४ बहाल परिचय पत्र, सम्वन्धीत मिडिया हाउसको सिफारिस पत्र, नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र ३ प्रति पासपोर्ट साइजको फोटो
५ कार्ड दस्तुर र पत्रकार विमा नविकरण शुल्क

रेडियो, टेलिभिजन र अनलाइनको हकमा
१ संचारमाद्ययममा कार्यरत संचारकर्मीहरुको दरवन्दी विवरण र संचारमाद्यय दर्ता प्रमाणपत्रसंग सम्वन्धीत कागजपत्रहरु
२ न्युनतम पारिश्रमिक निर्धारण समितिले तोकेबमोजिमको नियुक्ती पत्र
३ बहाल परिचय पत्र, सम्वन्धीत मिडिया हाउसको सिफारिस पत्र, नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र तिन प्रति पासपोर्ट साइजको फोटो
४ कार्ड दस्तुर र पत्रकार विमा नविकरण शुल्क

अध्यक्ष
पत्रकार महासंघ जिल्ला शाखा