विमलेन्द्र निधिको भारत भ्रमणले देखाएको बाटो

Avatar photo
Dhadingpost
सोमवार, भदौ १३, २०७३

प्रेमचन्द्र झा
प्रधानमन्त्री पुष्पकमल दाहालले दोश्रो पटक सरकार प्रमुखको जिम्मेवारी लिन साथ भारत र तीनमा विशेष दुत पठाई परराष्ट्र सम्बन्ध लाई उच्च महत्व दिएको अनुभूती भएको छ ।

देशको आन्तरीक राजनीति सुधार उन्मुख देखिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दुतको रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भारत र उपप्रधान एवं अर्थ मन्त्री कुष्ण बहादुर महरा चीन जानु भएको थियो । छिमेकी संगको सम्बन्ध सन्तुलित ढंगले अघि बढाउने मुख्य उद्देश्यका साथ भ्रमण गएका छन् ।

कुनै पनि देशलाई एकको विरुद्धमा अर्कोलाई प्रयोग गर्दा त्यसले कसैलाई राम्रो लाग्दैन । सरकारहरु नेपाल पक्षीय भयो भने कुनै पनि देश रिसाउने अवस्था आउँदैन । त्यसेले नेपालको बढी भन्दा बढी फाइदा केमा हुन्छ त्यही काम सरकारले गर्नुपर्छ ।

वर्तमान सरकारले भारत र चीनमा विशेष दुत पठाएर धेरै नै राम्रो काम गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार प्रमुखको जिम्मेवारी लिएपछि दुवै देशमा आ–आफ्नै ढंगले त्यसलाई लिएका थिए । सरकारका उपप्रधानमन्त्री स्तरका विशेषदुत मार्फत प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना सरकार विरुद्ध छिमेकी देशमा हुने गरेका टिका टिप्पणीलाई खण्डन गर्नेकाम गर्नुका साथै दुवै छिमेकी संगको पुरानो मित्रवत सम्बन्धलाई अझै प्रगाढ पार्ने काम गरेका छन् ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले भारतीय उच्च नेतृत्वसंग गरेको भेटवार्ताले दुवै देशबीच रहेका असमझदारी असहमति र अविश्वास सम्याउने कामगरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकारका प्रमुखको जिम्मेवारी लिएपछि लगतै भएको उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमण ज्यादै नै महत्वपूर्ण भएको कुटनिति क्षेत्रमा दखल राख्नेहरुले बताएका छन् । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि आफ्नो पछिल्लो ६ दिने भारत भ्रमणको क्रममा नेपालका लागि हितकर हुने महत्वपूर्ण भेटवर्ताहरु गरेका छन् । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र परराष्ट्रमन्त्री सुषमा स्वराज सहितका देशका सरकार प्रमुख मन्त्रीलाई भेटी नेपाल सरकारका प्रमुख पुष्पकमल दाहालको भारत सरकारसंग चाहिएको सहयोग सदभाव र अपेक्षा राख्नु भयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा विकास र लोकतन्त्रको स्थायीत्वका लागि सहयोग गर्न भारत सधै झै तयार रहेको आश्वासन दिनु भयो । गृहमन्त्री राजनाथ सिंह र परराष्ट्र मन्त्री सुषमा स्वराज संगको भेटमा उपप्रधान एवं गृहमन्त्री तथा नेपाल सरकारका विशेष दुत विमलेन्द्र निधिले भारत सरकारसंग वर्तमान परिपेक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा सहयोगको खाँचो महसुस गरेको सुनाउनु भयो । भारतीय गृहमन्त्री राजनाथ सिंह र परराष्ट्रमन्त्री सुषमा स्वराजले भारतको लागि नेपाल एक असल छिमेकी राष्ट्र हो यसलाई हरेक ढंगले सहयोग गर्न भारत चाहन्छ । भन्ने किसिमको धारणा राख्नु भयो । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि आफ्नो भ्रमणको क्रममा उच्च नेतृत्व तथा सरकार प्रमुख मात्र होइन भारतीय सरकार संचालनमा महत्वपूर्ण भूमिकामा रहेका गृहमन्त्रीले र परराष्ट्र मन्त्रालयका उच्च ओहदामा रहेका राष्ट्रसेवक कर्मचारी संग भेटी नेपाल सरकारका धारणा राखेका छन् ।

उपप्रधानमन्त्री विमलेन्द्र निधिले भने जस्तै ६ दिने भारत भ्रमण ज्यादै नै सफल र महत्वपूर्ण सावित भएका छन् । उपप्रधान एवं गृहमन्त्री निधिको भ्रमणले नेपाल भारत बीच विगतमा देखिएका असहजनता असमझदारी हटेर गएका छन् ।

उपप्रधान एवं गृहमन्त्री विमलेनद्र निधिको भारत भ्रमणले नेपाल र भारतका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले एक अर्काको देश भ्रमण गर्ने समझदारी बनेका छन् । नेपाल सरकारका प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा भारत भ्रमण गर्ने कार्यक्रम तय नै भई सकेका छन् । नेपालका राष्ट्रपति विधा देवी भण्डारीको भारत भ्रमण हुने कार्यक्रम रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण पछि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण हुने छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसै भदौ महिनाको ३० गते विहिवारबाट भारत भ्रमणमा जाने तय भई सकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण पछि राष्ट्रपति विधा देवी भण्डारी भारत भ्रमणमा जाने कार्यक्रम रहेका छन् ।
राष्ट्रपति विधा भण्डारीको भारत जाने दिन तय नभएपछि दशै अगाडी वा दशै लगतै भारत भ्रमण हुने अनुमान गरिएको छ । राष्ट्रप्रमुख र सरकार प्रमुखको लागातार हुने भारत भ्रमणले पनि भारतसंगको नेपालको सम्बन्धमा सहजता भएको झल्कीन्छ ।

नेपाल भारतका राष्ट्र प्रमुख र सरकारप्रमुखको नेपाल भ्रमण हुने बातावरण वनि रहेका छन् । भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण करिब करिब तय हुने संकेत देखिएका छन् । प्रधानमन्त्री मोदीको नेपाल भ्रमण जनकपुरधाम र लुम्बीनिमा हुने सम्भावना रहेको छ । नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण गराउनका लागि आवश्यक तयारी लाग्ने समय निश्चित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुने करिब निश्चित जस्तै भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुने छन् । यी भ्रमणहरुका लागि पहल हुनमा पनि उप्रधान एव गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणको अर्को उपलब्धीको रुपमा लिन सकिन्छ ।

नेपाल सरकारको तरफबाट भएको सकारात्मक पहलका कारण भारत जस्तै नेपालको छिमेकी संगको झण्डै विग्रिसकेको सम्बन्धमा धेरै नै सहजता र सौहादर्त कायम भएका छन् । यसलाई यसरी नै विभिनन क्षेत्रबाट भ्रमण द्धिपक्षीय अदान प्रदान गरी असहजता र बढेको दुरी अविश्वास घटाउनु पर्ने उजुरी देखिन्छ । जसको थालनी सरकार प्रमुख र राष्ट्रप्रमुखको भ्रमणबाट शुरु भएका छन् । जो दुवै देशका लागि ज्यादै नै फलदायी सावित हुने छन् । नेपाल र भारतको सम्बन्ध सरकार प्रमुख र राष्ट्रप्रमुख बीच मात्र सिमित नभएकोले यसलाई हरेक क्षेत्र वर्गका व्यक्ति तथा संस्थाबीच भ्रमण सहयोगको अदान प्रदान गराई एक अर्को बीच स्पष्ट हुने बातावरण सृजना गर्नु पर्ने उजुरी देखिन्छ ।
भारतसंग नेपालको भाषिक तथा सांस्कृतिक रुपमा अद्धितिय सम्बन्ध छ । नेपालको हरेक परिवर्तनहरुमा भारतको सहयोग र संलगनता हुने गरेका छन् । भारतीय स्वतन्त्रता संग्राममा समेत नेपाली जनताले बलिदानी दिएका छन् । एक अर्कोको नजिक र खुल्ला सिमाना रहेका कारण नेपाल र भारत अभिन्न रुपमा जोडिएका छन् । संकटको बेलामा नेपाललाई भारतले पटक पटक सहयोग पनि गरेका छन् । भुकम्पको बेला भारतले नेपाललाई दिल खोलेर गरेको सहयोगलाई नेपालीले कहिल्यै पनि विर्सिने छैन । तर प्रधामन्त्री केपी ओलीको समयमा भारत प्रति नेपाल सरकारबाट भएको दोषारोपणका कारण नेपाल भारतको सम्बन्ध सकारात्मक हुन सकेन ।

यता प्रधानमन्त्री पुष्पकमल दाहालले विशेषदुत पठाएर पठाएर सम्बन्धलाई सहजीकरण गर्न खोजेको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अन्तिम समयमा राष्टपति विधादेवी भण्डारीको भ्रमण रद्द गरेर नेपाल सरकारले ठुलो गल्ती गरेको थियो ।

कुटनिति क्षेमा सधै सम्पर्क र सम्वादमा रहनेलाई उत्तम मानिन्छन् । त्यसलाई निरन्तरता दिन तत्कालिन ओली सरकार असफल देखिए जसका कारण नेपाली जनता ठुलो दुःख सहनु परयो । त्यसको असर अहिले पनि नेपालमा ब्याप्त छ ।

नेपाल सरकारले अहिले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण नेपालमा गराउन सके उच्च स्तरीय भ्रमण सिलसिला शुरु हुन्छ । जुन नेपाल भारत दुवै देशका लागि लामो समय देखि अपेक्षीत छन् । परराष्ट्र सम्बन्धलाई देश भित्रको आन्तरीक राजनीतिसंग जोडेर हेनु उचित हुँदैन । यो सोच धरेलु नितिलाई बढावा दिनु जस्तै हुन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यसलाई ध्यानमा राखेर नेपाल भारत बीचको कुटनिति संचालन गर्न सके भने अहिले नेपाल माथि लागेको कालो बादल हटने छन् । जो नेपाल भारत दुवैलाई फाइदा जनक नै हुन्छ ।