धादिङबेसी भाद्र १३ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज २०७३ नजिकिदै गर्दा धादिङमा तिज विशेष कार्यक्रमहरु दिनहुँ हुँदै आई रहेका छन् । कतिपय संघ संस्थाको तीज विशेष कार्यक्रम सम्पन्न भैसकेको छ भने कति पयले गर्दै छन् । भोली धादिङबेसी शान्तबजारमा होलिस्टिक हेल्थ धादिङले तीज विशेष कार्यक्रम गर्न लागेको छ ।
धादिङबेसीमा केहि महिना अघिमात्र संचालनमा आएको होलिस्टिक हेल्थले हरेक शनिवार स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।
भोलिको (भाद्र १४) कार्यक्रम भने मात्र तिज विशेष हो हामी कसरी स्वस्थ्य र निरोगी रहने विषय भएका विगतका शिविरहरुमा सहभागि सबैलाई तीज विशेष कार्यक्रममा निमन्त्रण गरिएको र भोजिको तीज विशेष कार्यक्रम खुल्ला कार्यक्रम भएकोले महिला या पुरुष जोकोही पनि सहभागि हुन पाउने होलिस्टिक धादिङका प्रोपाईटर शुसिला रिजालले बताउनु भयो ।
तीजलाई भड्किलो भन्दा पनि सद्भाव र संस्कृतिको जगेर्ना हुनेगरि आयोजना गर्न लागिएकोले सम्भव भए सम्म के पुरुष के महिला सबैलाई कार्यक्रममा सहभागि हुन समेत रिजालले आग्रह गर्नु भयो ।