धादिङ समाज UAE को सुचना

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ७, २०७३

सुचना सुचना सुचना ।

को अजमान क्षेत्रीय समिति गठन भईसकेको कुरा त हजुरहरु सबैलार्इ अबगत भईसकेको कुरा हो । तर बिडम्बना केहि महिना पहिले हाम्रो अत्यन्तै मिलनसार समाज सेवि स्वर्गीय श्री थान बहादुर गुरुङ को असमायिक निधन ले सम्पूर्ण धादिङ बासी लगायत समाज सेबि हरु शोक मग्न हुन पुगियो ।

यी सबै कुराहरुको बाबजुत फेरि पनि सामाजिक काममा हामि सदैब साथ सल्लाह र सहकार्य गर्दै जुन स्थान हासिल गरिएको छौ । सायद प्रवासमा रहेका समाजिक संघ सस्था हरु मध्ये आज धादिङ समाज सबैको नजरमा अब्बल साबित भएको छ त्यसमा सम्पुर्ण प्रवासी धादिङवासिहरुको ठूलो हात रहेको छ ।

आसा छ सदैब यस्तै रहिरहने छ । साथै कुरा के भने अहि सेक्टेम्बर2 शुक्रबार को दिन धादिङ समाज UAE अजमान छेतृय समितीले गर्न लागिरहेको शोक सभा तथा रिक्त पद पुर्ति सम्बन्धि कुराहरुमा गत शुक्रबार केन्द्रिय मिटिङ बाटै पारित भएको हुदा सम्पुर्ण समाज सेबि साथी हरु केन्द्रिय समितिका पदाधिकारीहरु संरक्षक ज्यूहरु सल्लाहकार साथिहरु लगायत सम्पुर्ण धादिङ बासिहरु लाई उपस्थित भई दिनु हुन धादिङ समाज UAE  परिवार बिनम्र अनुरोध गर्दछौं ।।

अन्जन न्यौपने ( सचिब )
धादिङ समाज UAE