अलि जानकार तथा शिक्षीत मानिएका मानिसहरुको बसोबास रहेको राजधानी काठ्माण्डौमै हैजाको संक्रमण देखापरेको छ ।
यो रोग भिब्रियो कोलेरी नामक जिवाणुको कारण लाग्दछ । सोमाटीक ओ एन्टिजेनको आधारमा २०० भन्दा बढि सेरोग्रोउप्स रहेको यो जिवाणुको ०१ र ०१३९ टाइप्स विश्व्भर संक्रमकको रुपमा पाइन्छ ।०१३९ टाइप्स दक्षीणी एसियामा बढी मात्रामा पाइन्छ भने ०१ टाइप्स गम्भिर पानी मिसिएको पखाला लगाउने जिवाणुको रुपमा चिनिन्छ।०१ टाइप्स भित्र पनि ओगावा ,ईनावा र हिकोजीमा गरी ३ सेरोटाइप्स हुन्छन्। ०१ ओगावा धेरै संक्रमकको रुपमा लीइन्छ।
यो रोग लागिसक्दा पनि ८०% भन्दा बढीमा कुनै लक्षण देखापर्दैन ।मुख्यतया पानि मिसिएको पखाला लाग्नु, वान्ता गर्नु, मांशपेसी फर्फराउनु,साथै बेचैनी हुनु ,अचेत हुनु, तिर्खा लाग्नु,मुटुको धड्कन बढ्नु,रक्तचाप बढ्नु, जस्ता लक्षणहरु देखा पर्दछ।शरिरमा पानीको मात्रा कमि भइ बिरामीको केहि घण्टाभित्रै मत्यु समेत हुन सक्दछ्।रगतमा चिनी,पोटासियम,आदिको कमि हुने तथा मगौलाले काम गर्न छोड्ने जस्ता जटिलताहरु देख पर्न सक्दछ्।
यो रोग मुख्यतया दुषित पानी, काँचो तथा नपकाएको खानेकुरा,दिसाजन्य सामान तथा सरसफाइको अभाव आदि माध्यमवाट एक अर्कोमा सर्दछ। प्रयोगशालामा गुण्स्तर परिक्षण नगरिएको तथा भलमिसिएको खुला कुवा वा खोलाको पानी नउमालिकन पिउनाले शहरी तथा ग्रामीण भेगमा यो रोग प्रत्यक वर्ष महमारिको रुपमा फैलिएको पाईन्छ ।
प्रयोगशालामा संक्रमित बिरामीको दिशाको कल्चर[TCBS] गरेर परिक्षण गर्ने गरिन्छ ।
यस्ता लक्षणहरु देखापरेपछीजतिसक्दो चाँडो डाक्टरको सम्पर्कमा पुग्नुपर्छ।शरिरमा पानीको मात्रा कमि आउने भएकाले जतिसक्दो धेरै नुनपानी पिउने वा नसाको माध्यमले दिने गर्नु पर्दछ। फलामजन्य खानेकुरा तथा एन्टिबयोटिक [डक्सिसाइक्लिन्-वयष्कको लागी ,एजिथ्रोमैसिन्-बच्चा तथा प्रेग्नेन्ट महिला को लागि]सेवन गर्नु पर्दछ।
यो रोगको बिरुध्दमा खोप [दुकोरल र शन्चोल्]लगाई रोग लग्नबाट बच्न सकिन्छ । साथै खाना खानेबेला अघि र चर्पि गएपछी राम्ररी मिचिमिचि साबुन पानिले हात धुने गर्नु पर्दछ।राम्ररी नपाकेको खानेकुरा तथा नउमालेको पानीको प्रयोग गर्नु हुदैन ।
हैजा के हो ? यसले के गर्छ ?
हैजा दुषित पानी तथा किटाणुुका कारण मानिसमा सर्ने एक प्रकारको कडा रोग हो । यो रोग ‘भिब्रियो’ नामक जीवाणुको संक्रमणका कारण मानिसमा सर्ने गर्छ । यो संक्रमित बिरामीको दिसापिसाब र फोहोर पानीबाट मानिसमा सर्ने गर्छ ।
हैजाको संक्रमण भएका बिरामीले समयमै उपचार नपाएको खण्डमा जटिलता सिर्जना भएर उसको ज्यानै पनि जान सक्ने चिकित्सकहरु बताउँछन् ।
त्यसैगरी, हैजाका कारण शरीरमा पानी कम भएर मृगौलासमेत फेल पनि हुन सक्छ ।
हैजाका लक्षणहरु
१. चौलानीजस्तो सेतो दिसा हुने
२. दिसा पानीजस्तो पातलो हुने ।
३. तारन्तार दिसा हुने ।
४· दुखाई रहित दिसा हुने ।
५· दिसा लागेकै कारण बिरामी चाँडै शिथिल हुने ।
६· दिसासँगै वान्तासमेत हुने ।
७· शरीरमा पानी कम हुने ।
८· खट्टा बाउँडिने ।
९· मुख सुक्ने ।
१०· तारन्तार दिसा लागेको केही घण्टामै आँखा गाढिने ।
११· छालाको तन्काई कम हुने इत्यादि ।
जोगिने उपायः
१· उमालेर मात्र पानी पिउने ।
२· साबुन पानीले राम्ररी हात धुने ।
३· फोहोर, झिंगा भन्केका तथा बासी खाना नखाने ।
४· हरिया सागपात तथा फलफूल राम्ररी धोएर तथा पखालेर मात्र खाने ।
सुभासचन्द्र अर्याल[ MSC MEDICAL MICROBIOLOGY]
नलाङ-३ धादिङ
गोल्डेनगेट कलेज