धादिङ साउन ३१
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले आज पनि टस हारेको छ । शुरुमा ब्याटिङको निम्तो पाएको छ ।
पहिलो खेलमा पनि नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । शनिवार भएको खेलमा नेपाल नेदरल्याण्डससँग ७ विकेटले हारेको थियो । आजको खेलमा भने नेपालले पुनरागमन गर्ने अपेक्षा गरिएको छ ।नेपाललाई आजको खेल जित्नै पर्ने दवाव रहेको छ ।
आज करण केसीको सट्टा शक्ति गौचन टोलीमा आएका छन् । पहिलो खेलमा शक्तिलाई ड्रप गरिएको थियो । आज करणलाई ड्रप गरिएको छ ।
नेपाली टोलीमा परेका युवा व्याट्सम्यान सुनिल धमलाले भने दुबै खेलमा मौका पाएनन् ।
आज पनि डच टोलीमा नियमित कप्तान पिटर बोरेन अनुपस्थित रहने भएका छन् । उनले नेपालविरुद्धको पहिलो खेल पनि गुमाएका थिए । खेल नेपाली समय अनुसार अहिले २ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।