विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँग भएको पहिलो खेलमा नेपाल निरीह बनेका छन । नेपालले नेदरल्याण्डस सामू प्रस्तुत गरेको ९५ रनको झिनो लक्ष्य ३ विकेटको क्षतिमा भेट्टाएको छ । नेपालका लागि करण केसीले पहिलो विकेट लिएका थिए भने वसन्त रेग्मी र सागर पुनले पनि एक एक विकेट लिएका छन । मिचेल रिप्पोन ६ रनमा आउट भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर १ बलमा १० विकेट गुमाएर ९४ रन बनाएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालको पहिलो विकेट ज्ञानेन्द्र मल्ल ११ रन बनाएर बोल्ड आउट भए । यस्तै अनिल मण्डल ३९ बलमा २० रन बनाएर आउट भए । कप्तान पारस खड्का बिना रन आउट भएपछि नेपालको ब्याटिङ धर्मराएको थियो । सागर पुन ७ रन र राजु रिजाल ३ रन बनाएर आउट भए । विनोद भण्डारी १९ बलमा ९ रन बनाएर आउट भए । शरद भेषावकर ७१ बलमा १४ रन बनाएर आउट भए । यस्तै सोमपाल कामी २८ बलमा १२ रन, सन्दिप लामिछाने १ रन र करण केसी बिना रन आउट भए ।
नेदरल्याण्डस्का मिचेल रिप्पोन र भ्यान डर गगटेनले ३र३ विकेट लिए । यस्तै भ्यान डर मर्वीले २ साथै मुदासार बुखारी र भ्यान मिकिरेनले १र१ विकेट लिए ।