प्रकासित २०७३ श्रावण २१ गते शुक्रबार
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ र यू.एम.एन.को आर्थिक तथा प्राविधिक सहयोगमा धादिङ्ग जिल्लाका महादेवस्थान र पिडा गाविसमा संचालन हुने Dhading Disaater Response programme का लागि १ जना कार्यक्रम संयोजक, करारमा नियुक्ति गर्नुपर्ने भएको हुँदा नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण सहित २०७३ श्रावण २८ गते सम्म उल्लेखित ठेगानामा दरखास्त आह्वान गरिएको छ । म्याद नाघि आएको र रीत नपुगेको दरखास्त उपर कुनै कारवाही हुने छैन । प्रारम्भिक छनौटमा परेका उमेद्धारलाई मात्र परीक्षमा समावेश गराईनेछ ।
विज्ञापन नं: १, ०७३-०७४
पद- कार्यक्रम संयोजक आवश्यक संख्या १ जना
मुख्य जिम्मेवारीहरुः
Dhading Disaater Response programme र बालकेन्द्रित सामुदायिक विकास कार्यक्रमको कार्यान्वयन योजना निर्माण , मानविय जनशक्ति परिचालन र मुल्यांकनमा नेतृत्व गर्ने
समुदायमा सेल्टर,खानेपानी निर्माणका कार्यक्रमहरु संचालन गर्ने
बिद्यालय निर्माण सम्बन्धि कार्यक्रमहरु संचालन गर्ने
समुदायमा आधारित पोषण लगायत अन्य स्वास्थ्य परामर्शसँग सम्वन्धित कार्यक्रमहरु संचालन गर्ने
आयआर्जन लगायत जिविकोपार्जनका विभिन्न क्रियाकलापहरु संचालन गर्ने
सहकारी विकास र आत्म निर्भर समुहहरुलाई दिगो बनाउन रणनितिहरु तयार गर्ने
वालक्लव, युवाक्लव र नेटवर्कहरु परिचालन साथै सुशासन पद्धती विकास गर्ने
गाउँ तथा जिल्ला स्थित सरोकारवालाहरुसंग सम्पर्क समन्वय गर्ने
मासिक रुपमा भए गरेका कार्यहरुको प्रतिवेदन तयार गरी पेश गर्ने
शैक्षिक योग्यता र अनुभव विवरणः
– कुनै १ बिषयमा स्नातक गरी ३ बर्षको अनुभव भएको
– संयोजक वा सो सरहको पदमा २ वर्षको अनुभव भएको
– शिक्षा, स्वास्थ्य,पूर्वाधार निर्माण, जिविकोपार्जन वा आयआर्जनका क्रियाकलापहरु संचालन सम्बन्धि अनुभव भएको
– मानवीय जनशक्ति परिचालन सीप भएको ।
– परियोजना प्रस्ताव लेखन र प्रतिवेदन लेखनमा राम्रो दखल भएको
– नेपाली अंगे्रजी टाईप राम्रोसँग गर्न सक्ने, MS World, Excel , Power मा राम्रो दक्षता भएको
– विभिन्न विषयहरुमा तालिम सहजिकरण सीप भएको
– अंग्रेजी बोल्न र लेख्न राम्रो दखल भएको
– मोटरसाईकल चलाउने सीप र लाईसेन्स भएको
परिक्षाको किसिम: लिखित,प्रयोगात्मक र अन्तवार्ता
दरखास्त बुझउने ठेगाना: प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ
ईमेल: recruitment.prayasnepal@gmail.com
करार अवधि: १ बर्ष
पारिश्रमिक: संस्थाको नियम अनुसार हुनेछ ।
दरखास्त बुझाउने अन्तिम मिति: २०७३ श्रावण २८ गते ४ : ०० बजे सम्म मात्र
(नोट: पदपुर्ति सम्बन्धि सम्पूर्ण अधिकार प्रयास नेपाल धादिङमा निहित रहनेछ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिनेछ ।)
पदपुर्ती समिति
प्रयास नेपाल धादिङ