लग इन नहुदा, जिन्दगी आफै बेखवर

Avatar photo
Dhadingpost
शनिबार, असार २५, २०७३

अर्जुन राई

कहिले जिन्दगीका सेटिङ नमिल्दा
कतै फाइल सपोर्ट नहुदा
पासवर्ड बिर्सेर जिन्दगीको एकाउन्ट
लग इन नहुदा
जिन्दगी आफै बेखवर हुन्छ ।

एन्ड्रोयड, विन्डोज् जिन्दगीमा
अनावश्यक एपहरु
इन्सटल हुन बेर लाग्दैन
बस् इन्टरनेट कनेट गरे पुग्ने,
आईफोनमा त्यति समस्या नहोला
तर सबैको जीवन
कहाँ आईफोन हुनु !
आइफोन जीवन जिउन त
अमेरिकामा जन्मिनु पर्छ रे !

मेमोरीमा फाइल नअट्दा
पुराना र अनावश्यक फाइल नहट्दा
नयाँ फाइल रिप्लेस गर्न नमिल्दा
जङ्क फाइलहरुको हाली मुहाली
भाइरस्ले अ्याट्याक्ट गर्दा
एन्टी भाइरसले डिटेक्ट नगर्दा
जति नै स्क्यान गरे पनि केही नलाग्दा
कतिले जिन्दगीलाई नैं फम्र्याट गरिदिन्छन् ।

बल्ल पा’को जिन्दगीलाई
कहाँ यतिकै मेटाई दिने हो र !
बढी हिट पैदा भए
कुलर राखेर चलाउने हो कि ?
रिफ्रेस गरिहनु त पर्छ नै
विज्ञान र प्रविधिको युगमा
मानिस र प्रविधिमा फरक छ नै के ?…