धादिङमा बुधबार र विहिवार विद्युत बन्द हुने

Avatar photo
Dhadingpost
बुधबार, असार २२, २०७३

धादिङ असार २२
NO_Light_Bulb

धादिङबेसी सबस्टेशनबाट संञ्चालित धादिङको विभिन्न स्थानहरुमा बुधवार र विहीवार दुई दिनका लागि विद्युत आपूर्ति बन्द भएको छ ।बुधबार बिहान देखि बन्द भएको विद्युत विहिवार पनि दिनभरी नै बन्द हुने जनाइएको छ ।
सदरमुकाम धादिङबेसीमा रहेको ३ एमभिए पावर ट्रान्सफर्मरको क्षमतावृद्धि गरि ८ एमभिएको पावर ट्रान्सफर्मर जडान गर्ने कार्य गर्न लागेको हुदा हुँदा विद्युत आपुर्ती बन्द भएको नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ । विद्युत आपूर्ति बन्द हुदा धादिङबेशीमा रहेको विभिन्न संघ संस्थालाई असर परेको जनाएको छ ।
यसै बिच नेपाल विद्युत प्राधिकरण धादिङले विद्युत आपूर्ती बन्द हुँदा ग्राहक महानुभावहरुमा पर्न गएको असुविधा प्रति क्षमा याचना गरेको छ ।निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न भएमा विद्युत आपूर्ति गर्न सक्ने प्राधिकरणले जनाएको छ ।